वीरगन्ज,२९ चैत/
वीरगन्जमा जारी दोश्रो वीरगन्ज च्याम्पियन टि ट्वान्टी लिग क्रिकेट प्रतियोगीता २०७५ मा शुुुक्रबार पनि दुई वटा सेमिपफाईनल खेल भएको छ ।

नारायणी रंगशालामा जारी रहेको प्रतियोगीताको पहिलो सेमिफाईनल खेलमा वीरगन्ज युनाइटेड क्लबलाई बिहारको बेतिया क्लबले पराजित गरेको छ । बेतिया क्लबले वीरगन्ज युनाइटेड क्लबलाई २ विकेटले पराजित गर्दे फाईनलमा स्थान सुरक्षित बनाएको हो । खेलको म्यान अफ दि म्याच बेतियाका फिजा सिंह घोषित भएका थिए ।
यस्तै आजको दोश्रो सेमिफाईनल खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । जनकपुरलाई नेपाल पुलिस क्लबले ६० रनले पराजित गरेको आयोजक क्लबका राजुल हवारीले बताए ।खेलमा म्यान अफ दि म्याच नेपाल पुलिस क्लबका योगेन्द्र सिंह कार्की घोषित भएका थिए ।
शनिबार हुने फाईनल खेलमा भारत बिहारको बेतिया क्लब संग नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्ने भएको छ ।


