Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

दोस्रो वीरगंज च्याम्पियन क्रिकेट प्रतियोगिताको फाइनलमा भारतको वेतिया विजयी

spot_img
spot_img

वीरगंज, ३० चैत ।
वीरगंजमा जारी दोस्रो वीरगंज च्याम्पिय टी २० लिग क्रिकेट टुनामेन्ट २०७५ को उपाधी भारतको वेतियाले जितेको छ । नारायणी रंगशालामा चैत २६ गते देखी जारी टुनामेन्ट प्रतियोगिताको फाइनल खेलमा नेपाल पुलीसलाई हराउदै भारतको वेतिया विजयी भएको हो ।

विजेता तथा उप विजेता टिमलाई शिल्ड तथा प्रमाण पत्र वितरण गर्दै प्रतिनिधि सभा सदस्य प्रदीप यादवले खेलकुद क्षेत्रमा पछाडी परेको पर्सा जिल्ला अब विस्तारै खेलकुद क्षेत्रमा सक्रिय हुदै गएको बताए । पर्सामा राष्ट्रिय स्तरका खेलाडीहरु समेत रहेकाले उनीहरुको खेलकुद क्षेत्रबाट पलायन रोक्न पनी पर्सामा निरन्तर खेलकुद हुन जरुरी रहेको उनले वताए ।

पुरस्कार वितरण कार्यक्रममा प्रदेश सांसद जन्नत अंसारी, सिंघासन प्रसाद कलवार, वडा नम्बर १३ का वडा अध्यक्ष तुफान फारुक, पर्सा क्रिकेट संघका अध्यक्ष दाउद अंसारी लगायतकाले खेलाडीहरुलाई बधाई एवं सम्मान गरेका थिए ।

युनाइटेड क्रिकेट क्लबका अध्यक्ष हासीम हवारीको अध्यक्षतामा भएको कार्यक्रममा आयोजक क्लबका संयोजक मुर्तुजा हवारी, युनाइटेड क्रिकेट क्लबका सचिव घनश्याम गुप्ता लगाएतकाको उपस्तीथी रहेको थियो भने कार्यक्रमको संचालन राजुल हवारीले गरेका थिए ।

प्रतियोगिताको विजेता टिमले ७५ हजार नगद पुरस्कार सहित सिल्ड प्राप्त गरेको थियो भने दोस्रो हुने नेपाल पुलीसले ४० हजार नगद सहित सिल्ड तथा प्रमाण पत्र प्राप्त गरेको थियो ।

प्रतियोगिताको म्यान अफ द सिरिज भारत बेतियाका राजा सिन्हा, बेस्ट बैटस म्यान नेपाल पुलिसका सुनिल धामला, बेस्ट ब्वलर बेतियाका सकिबुल गनि घोषित भएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...