वीरगंज, ३० चैत ।
वीरगंजमा जारी दोस्रो वीरगंज च्याम्पिय टी २० लिग क्रिकेट टुनामेन्ट २०७५ को उपाधी भारतको वेतियाले जितेको छ । नारायणी रंगशालामा चैत २६ गते देखी जारी टुनामेन्ट प्रतियोगिताको फाइनल खेलमा नेपाल पुलीसलाई हराउदै भारतको वेतिया विजयी भएको हो ।

विजेता तथा उप विजेता टिमलाई शिल्ड तथा प्रमाण पत्र वितरण गर्दै प्रतिनिधि सभा सदस्य प्रदीप यादवले खेलकुद क्षेत्रमा पछाडी परेको पर्सा जिल्ला अब विस्तारै खेलकुद क्षेत्रमा सक्रिय हुदै गएको बताए । पर्सामा राष्ट्रिय स्तरका खेलाडीहरु समेत रहेकाले उनीहरुको खेलकुद क्षेत्रबाट पलायन रोक्न पनी पर्सामा निरन्तर खेलकुद हुन जरुरी रहेको उनले वताए ।
पुरस्कार वितरण कार्यक्रममा प्रदेश सांसद जन्नत अंसारी, सिंघासन प्रसाद कलवार, वडा नम्बर १३ का वडा अध्यक्ष तुफान फारुक, पर्सा क्रिकेट संघका अध्यक्ष दाउद अंसारी लगायतकाले खेलाडीहरुलाई बधाई एवं सम्मान गरेका थिए ।
युनाइटेड क्रिकेट क्लबका अध्यक्ष हासीम हवारीको अध्यक्षतामा भएको कार्यक्रममा आयोजक क्लबका संयोजक मुर्तुजा हवारी, युनाइटेड क्रिकेट क्लबका सचिव घनश्याम गुप्ता लगाएतकाको उपस्तीथी रहेको थियो भने कार्यक्रमको संचालन राजुल हवारीले गरेका थिए ।
प्रतियोगिताको विजेता टिमले ७५ हजार नगद पुरस्कार सहित सिल्ड प्राप्त गरेको थियो भने दोस्रो हुने नेपाल पुलीसले ४० हजार नगद सहित सिल्ड तथा प्रमाण पत्र प्राप्त गरेको थियो ।
प्रतियोगिताको म्यान अफ द सिरिज भारत बेतियाका राजा सिन्हा, बेस्ट बैटस म्यान नेपाल पुलिसका सुनिल धामला, बेस्ट ब्वलर बेतियाका सकिबुल गनि घोषित भएका थिए ।


