Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

१३० औं अन्तर्रा्ष्ट्रिय मजदुर दिवस वीरगंजमा विभिन्न कार्यक्रम गरी मनाइँदै

spot_img
spot_img

वीरगंज,१८ बैशाख ।
आज मे १ अर्थात १३० औं अन्तर्रा्ष्ट्रिय मजदुर दिवस वीरगंजमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।मजदुर दिवको अवसरमा वीरगंजमा नेपाल टे«ड यूनीयनद्वारा प्रभात फेरीएको छ ।विरगंजको घण्टाघर देखि नगरको परित्रमा गदै नगरसभा ग्रिहमा पुगी कोण साभामा परिणत भएको छ । घण्टाघरवाट निकालीएको प्रभात फेरीकार्यएक्रममा संसारका मजदूर एक हौं,मयादित काम रोजगारी र सामाजिक सुरक्षा आजको आवश्यकता ।।,श्रमिकहरु माथी हुने सबै खाले हातोत्साहनको अन्त्य गर,दिगो विकाश निम्ति मर्यादित रोजगारी,सुदुढ लोकतन्त्र र समवृद्वि हाम्रो जिम्मेवारी,श्रम शक्ति नै राष्ट्र शक्ति हो भन्ने नाराका साथ नगरको परिक्रमा गरेका छन् ।
देश भरि विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले आज मे १ मा विभिन्न कार्यक्रम आयोजना गर्दै मनाउँदैछन् । मजदुर दिवसको दिन सरकारले सार्वजनिक विदा दिएको छ ।
सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरुले गरेको आन्दोलन सफल भएको स्मरणमा विश्वभर मजदुर दिवस मनाइन्छ ।
१७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ ।
नेपालमा विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको थियो । तर २०६४ सालदेखि अन्तर्रा्ष्ट्रिय मजदुर दिवसको दिन सरकारले आधिकारिक रुपमा सार्वजनिक विदा दिन थालेको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...