Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

प्रदेश सांसद साहको संसदिय कोषबाट निर्माण हुने मस्जिदको शिलान्यास

spot_img
spot_img

वीरगन्ज, १६ बैशाख ।
वीरगन्ज महानगरपालिका वडा नं २७ उदपुरघुर्मीको कुहडीमा जामे मस्जिदको शिलान्यास भएको छ । प्रदेश सभा सदस्य राजेश्वर प्रसाद साहको संसदीय क्षेत्र विकास कार्यक्रम अन्तर्गत निर्माण हुने मस्जिद एक कार्यक्रमका विच शिलान्यास गरिएको हो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री अजय कुमार चौरसिया र प्रदेश सभा सदस्य साहले संयुक्त रुपमा मस्जिदको शिलान्यास गरेका हुन । प्रदेश सभा सदस्य साहको संसदीय क्षेत्र विकास कार्यक्रम अन्तर्गत रु ५ लाखको लागतमा मस्जिद निर्माण हुने जनाइएको छ ।

जामे मस्जिद निर्माण उपभोक्ता समितिकाका अध्यक्ष अकुम मियाँ अंसारीको अध्यक्षतामा र पूर्व मन्त्री चौरसियाको प्रमुख आतिथ्यतामा भएको शिलन्यास कार्यक्रममा स्थानीय नेता हृदेनारायण पटेल, प्रेमचन्द्र कुशवाहा, नेवि संघका सरोज चौरसिया, वडा सदस्य संदिप साह, युवा नेता धर्मेन्द्र पटेल लगायतको सहभागिता रहेको थियो ।

यस अघि शनिबार प्रदेश सभा सदस्य साह कै संसदिय बिकास कार्यक्रम अन्तर्गत पर्सागढी नगरपालिकाको वडा नं ३ स्थित रहेको आमोदेवी मन्दिर प्रवेश द्वारको शिलान्यास गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...