Date
शनि, कार्तिक २२, २०८२
Sat, November 8, 2025

आँधी प्रभावितलाई ‘डिग्निटि किट’ वितरण

वीरगंज,१५ बैशाख ।
आँधी प्रभावितलाई ‘डिग्निटि किट’ मिस नेपाल शृङखला खतिवडाले हस्तान्तरण गरेकी छिन् ।
गत चैत १७ गते आइतबार आएको आँधी प्रभावित महिला तथा किशोरीलाई लक्षित गरी सञ्चालित ‘एक परिवार एक झोला’ अभियान अन्र्तगत खतिवडाले वीरगंज महानगरपालिका १८ सौराहामा राहत वितरण गरेकी हुन् ।
‘वुमन फर वुमनद्वारा अभियान अन्र्तगत आइतबार वीरगंज महानगरपालिकाको सौराहा , जगरनाथपुर, मनियारीस्थित मुसहर र चमार समुदाय बस्ने दलित बस्ती, बहुदरमाइको पटनीमा ३६० जनालाई किट वितरण गरिएको छ ।
अभियानमार्फत आँधी प्रभावित पर्साको सुखचैना, बाराको भलुही भरबलीया, पुरैनिया, खुट्वा प्रसौनी, हर्दियालगायतका स्थानमा गरी १७ सय किट वितरण गरिसकिएको ‘वुमन फर वुमन’ले जनाएको छ ।

- Advertisement -


हावाहुरी प्रभावित परिवारमा कम्तीमा तीनजना महिला हुने अनुमानसहित ‘डिग्निटी किट’ तयार गरिएको छ ।
किटमा विशेषगरी महिलाको शारीरिक स्वास्थ्यसँग सम्बन्धित सामग्री राखिएको छ । किटमा स्याम्पु ४८ पाउच, नुहाउने साबुन ३ पिस, लुगाधुने साबुन ३ पिस, सेनेटरी प्याड ३ थान, अण्डर गार्मेन्ट ६ पिस, टावेल २ वटा, झुल २ वटा, तेल १ बोतल, टुथ ब्रस ५ वटा, टुथ पेष्ट २ वटा, कपाल बाध्ने रबर १ प्याकेट, कपडाको झोला १ थान, नेल कटर र काईयो एकरएक वटा राखिएको छ । एउटा किट बराबर २१ सय रुपैया पर्छ ।
अभियानका लागि ५० हजार आर्थिक सहयोगसमेत गरेकी उनले राहत लिन जम्मा भएका महिलालाई सेनेटरी प्याड प्रयोग गर्ने तरिकाको बारेमा समेत जानकारी गराएकी छिन् ।
आमा प्रदेश सभासद एवं नेकपा मकवानपुरको अध्यक्ष मुनु सिग्देलसँगै आएकी खतिवडा हावाहुरीले बढी क्षति र्पुयाएको भलुही भरवलिया पनि पुगेर प्रभावितको अवस्था बुझे फर्केकी छन् । उनले तराई मेधेसको जीवन पद्धती नै बुझ्ने सोच आफूले बनाएकोले पछि पनि आउने बताइन् ।
सामाजिक सञ्जालमार्फत सञ्चालित अभियानमा स्वदेश तथा विदेशबाट दाताहरुले सहयोग पठाए । आईतबारबाट अभियानलाई बन्द गरिएको अभियानमा सहयोग र्पुयाउँदै आएका नेकपाका युवा नेता अरवीन्द सिंहले जानकारी दिए ।
‘हावाहुरी प्रभावितलाई खाद्यान्नलगायत राहत जुटिरहेको थियो । प्रभावित क्षेत्रका घरका पुरुषहरु त्यही चामल, दाल, चिउरा लगायतका राहत सामग्री संकलनमा व्यस्त थिए,’ उनले भने, ‘महिलाको स्वास्थ्यका बारेमा खासै ध्यान नपुगेको अनुभव भयो । वीरगञ्जमा विभिन्न क्षेत्रमा क्रियाशिल महिला दिदीबहिनीहरुले थालेको ‘महिलाद्वारा महिलाका लागि’ अभियान सबैको सहयोगले सफल पनि भयो ।’

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनमत पार्टीद्वारा ‘घर–घर जनसन्देश’ अभियान सुरु, मतदाता दर्ता र सचेत सहभागितामा जोड

वीरगंज । लोकतन्त्रको महापर्व आगामी निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टीले मतदाता दर्ता अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यका साथ ‘घर–घर जनसन्देश’ अभियान सुरु गरेको...

आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्यमा अघि बढ्दैछ : अर्थमन्त्री खनाल

वीरगंज । अर्थमन्त्री रामेश्वर खनालले आर्थिक समृद्धि हासिल गर्न सरकार निजी क्षेत्रसँग सहकार्यका लागि अग्रसर रहेको बताएका छन्। शुक्रबार वीरगंज उद्योग वाणिज्य संघमा आयोजित...

बीरगंजमा पोखरीमा डुबेर १२ वर्षीय बालकको मृत्यु

वीरगंज । वीरगंज महानगरपालिका–२८ सिधुवाटोलस्थित छठिघाट नजिकको पोखरीमा डुबेर एक १२ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु भएको बालकको शव सशस्त्र प्रहरीले उद्धार...