Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

आँधी प्रभावितलाई ‘डिग्निटि किट’ वितरण

spot_img
spot_img

वीरगंज,१५ बैशाख ।
आँधी प्रभावितलाई ‘डिग्निटि किट’ मिस नेपाल शृङखला खतिवडाले हस्तान्तरण गरेकी छिन् ।
गत चैत १७ गते आइतबार आएको आँधी प्रभावित महिला तथा किशोरीलाई लक्षित गरी सञ्चालित ‘एक परिवार एक झोला’ अभियान अन्र्तगत खतिवडाले वीरगंज महानगरपालिका १८ सौराहामा राहत वितरण गरेकी हुन् ।
‘वुमन फर वुमनद्वारा अभियान अन्र्तगत आइतबार वीरगंज महानगरपालिकाको सौराहा , जगरनाथपुर, मनियारीस्थित मुसहर र चमार समुदाय बस्ने दलित बस्ती, बहुदरमाइको पटनीमा ३६० जनालाई किट वितरण गरिएको छ ।
अभियानमार्फत आँधी प्रभावित पर्साको सुखचैना, बाराको भलुही भरबलीया, पुरैनिया, खुट्वा प्रसौनी, हर्दियालगायतका स्थानमा गरी १७ सय किट वितरण गरिसकिएको ‘वुमन फर वुमन’ले जनाएको छ ।


हावाहुरी प्रभावित परिवारमा कम्तीमा तीनजना महिला हुने अनुमानसहित ‘डिग्निटी किट’ तयार गरिएको छ ।
किटमा विशेषगरी महिलाको शारीरिक स्वास्थ्यसँग सम्बन्धित सामग्री राखिएको छ । किटमा स्याम्पु ४८ पाउच, नुहाउने साबुन ३ पिस, लुगाधुने साबुन ३ पिस, सेनेटरी प्याड ३ थान, अण्डर गार्मेन्ट ६ पिस, टावेल २ वटा, झुल २ वटा, तेल १ बोतल, टुथ ब्रस ५ वटा, टुथ पेष्ट २ वटा, कपाल बाध्ने रबर १ प्याकेट, कपडाको झोला १ थान, नेल कटर र काईयो एकरएक वटा राखिएको छ । एउटा किट बराबर २१ सय रुपैया पर्छ ।
अभियानका लागि ५० हजार आर्थिक सहयोगसमेत गरेकी उनले राहत लिन जम्मा भएका महिलालाई सेनेटरी प्याड प्रयोग गर्ने तरिकाको बारेमा समेत जानकारी गराएकी छिन् ।
आमा प्रदेश सभासद एवं नेकपा मकवानपुरको अध्यक्ष मुनु सिग्देलसँगै आएकी खतिवडा हावाहुरीले बढी क्षति र्पुयाएको भलुही भरवलिया पनि पुगेर प्रभावितको अवस्था बुझे फर्केकी छन् । उनले तराई मेधेसको जीवन पद्धती नै बुझ्ने सोच आफूले बनाएकोले पछि पनि आउने बताइन् ।
सामाजिक सञ्जालमार्फत सञ्चालित अभियानमा स्वदेश तथा विदेशबाट दाताहरुले सहयोग पठाए । आईतबारबाट अभियानलाई बन्द गरिएको अभियानमा सहयोग र्पुयाउँदै आएका नेकपाका युवा नेता अरवीन्द सिंहले जानकारी दिए ।
‘हावाहुरी प्रभावितलाई खाद्यान्नलगायत राहत जुटिरहेको थियो । प्रभावित क्षेत्रका घरका पुरुषहरु त्यही चामल, दाल, चिउरा लगायतका राहत सामग्री संकलनमा व्यस्त थिए,’ उनले भने, ‘महिलाको स्वास्थ्यका बारेमा खासै ध्यान नपुगेको अनुभव भयो । वीरगञ्जमा विभिन्न क्षेत्रमा क्रियाशिल महिला दिदीबहिनीहरुले थालेको ‘महिलाद्वारा महिलाका लागि’ अभियान सबैको सहयोगले सफल पनि भयो ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...