Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

केमिकल गोदाममा लागेको आगो साढे ५ घण्टा पछि नियन्त्रणमा

spot_img
spot_img

वीरगन्ज, १८ बैशाख ।
वीरगंजमा मंगलबार भएको भीषण आगलागी साढे ५ घण्टा पछि नियन्त्रणमा आएको थियो । वीरगन्ज महानगरमापलिका वडा नम्बर ११ श्रीपुर नेशनल ट्रेडिङ्ग स्थित रहेको पेन्ट उद्योगको गोदाममा लागेको भिषण आगलागी राती साढे ११ बजे नियन्त्रणमा आएको थियो ।

वीरगंज आदर्शनगर निवासी अजय साहको लक्ष्मीदीप पेन्ट तथा केमिकल उद्योगको गोदाममा साँझ ६ बजेको समयमा आगो लागेको थियो । आगो अग्नी नियन्त्रक,नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।

प्रहरीको प्रारम्भीक अनुसन्धान अनुसार विद्युत सर्ट सर्किट गोदाममा लागेको आगोले केमिकल तथा पेन्टमा आगो सल्किन गई गोदामभरि नै फैलिएको थियो । गोदाममा राखिएको पेन्ट तथा केमिकलको एकदेखि अर्को ड्रममा आगो फैलदै भयावह रुप लिएको थियो ।

आगो निभाउने सुरक्षाकर्मी लगायत वीरगंज महानगरपालिका, पोखरीया नगरपालिका, बाराको जितपुर सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, सिम्रौनगढ नगरपालिका, सिमरा विमान स्थलको बारुणयन्त्रको साथै बाराको अमलेखगन्ज स्थित नेपाल आयल निगम क्षेत्रीय कार्यालयको बारुणयन्त्र तथा केमिकल युक्त बरुण यन्त्र र भारत विहारको रक्सौलबाट आएको बारुणयन्त्रको संयुक्त प्रयासले आगो नियन्त्रणमा लिइएको थियो ।

बाक्लो बस्तीबीचमा रहेको उद्योगको गोदाममा आगो लागेपछि स्थानीयबासिन्दा आतंकति बनेका थिए । भने, आगो नियन्त्रणमा लिन सुरक्षाकर्मीहरुलाई पनि धौ धौ परेको थियो । आगोले भयावह रुप लिई रहेको अवस्थामा मुख्य गेटबाट मात्रै सुरक्षाकर्मीहरुले बारुणयन्त्रको पानी फ्याक्ने गरेको र केमिकल तथा पेन्टमा लागेको आगोलाई पानीले नियन्त्रणमा लिन नसकेको कारण आगो लागेको नियन्त्रणमा लिन सकिरहेको थिएन् ।

आगलागीले भायवह रुप लिदा छेउको घरहरुमा समेत आगो सल्किन सक्ने उच्च सम्भावनालाई मध्यनजर गर्दै घरहरुलाई खाली पनि गराइएको थियो ।

मंगलबार साँझ भएको आगलागीलाई नियन्त्रण गर्न प्रशासन तथा महानगरपालिकासँग बारुणयन्त्र बाहेक अन्य कुनै उपाय नभएको कारण आगो साढे ५ घण्टासम्म लाग्दै रह्यो ।

वीरगंज महानगरपालिकामा भयावह अवस्थाको आगलागी भएको यो दोश्रो पटक हो । पहिलो पटक वीरगंजको गण्डकस्थित सुपर ग्याँसको उद्योगमा आगलागी हुँदा आगो नियन्त्रण गर्ने केमिकल नभएको कारण मानवीयको साथसाथै ठूलै भौतिक क्षति भएको थियो ।

यति हुँदा हुँदै पनि वीरगन्ज महानगरपालिकाले पाठ सिक्न सकेन् र सतर्कता अपनाउन कुनै पूर्वतयारी गर्न सकेन । जुनबेला आवश्यक पर्छ, त्यही बेला मात्रै ल्याउने बानीले गर्दा पनि वीरगन्ज महानगरपालिकामा पटक पटक आगलागीबाट ठूलै क्षति हुने गरे ता पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...