Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

लोक सेवा तयारी गराउने एचिभर्स इन्सिच्युट संचालनमा

spot_img
spot_img

वीरगन्ज, १८ बैशाख ।
वीरगन्ज लगायत प्रदेश नं. २ मा लोक सेवा प्रति आक्रषण बढदै गए पछि लोक सेवा तयारी गराउने इन्सिच्युटहरुको संख्यामा पनि खुल्न थालेको छ । लोक सेवा पढने अर्थात तयारी गर्नेहरुको संख्यामा बृद्धि भए पछि इन्सिच्युटहरुको पनि खुल्न थलोको हो । वीरगन्जमा पहिला देखी नै लोक सेवा तयारी गराउने आधा दर्जन जति इन्सिच्युटहरु भए पनि फेरी वीरगंजको माइस्थान मेन रोडमा एक नयाँ इन्सिच्युट संचालनमा आएको छ ।

एचिभर्स इन्सिच्युट नाम गरेको लोक सेवा तयारी इन्सिच्युट संचालनमा आएको हो । अरु भन्दा फरक र वैज्ञानिक तरिकाले लोक सेवाको तयारी गराउने उद्देश्यले इन्सिच्युटका संचालनमा ल्याइएको एचिभर्स इन्सिच्युटका संचालक दिपक पटेलले वताए । लोक सेवा प्रति बढदै गएको आक्रषणलाई कायम राख्न र लोक सेवा तयारी गर्ने विद्धार्थीहरुलाई सफल बनाउन इन्सिच्युट संचालनमा ल्याइएको पटेलको भनाई छ ।

लोक सेवा तयारी गर्ने विद्यार्थीहरुको चाहना र मांग अनुसारको एचिभर्सले कक्षा संचालन गर्ने पटेलले दावी समेत गरे । बैशाख ११ गते देखी नै संचालनमा आएको एचिभर्स इन्सिच्युटमा लोक सेवा तयारी गर्नेको संख्या ९० पुगेको छ । पटेलका अनुसार एचिभर्सले एउटा कक्षामा ३५ देखी ४० जना विद्यार्थीहरुलाई मात्र अन्तरक्रियात्मक माध्यमले कक्षा संचालन गर्दैछ र गर्नेछ ।

यसै बिच एचिभर्स इन्सिच्युटले बुधबार प्यानल छलफल कार्यक्रम गरेको छ । इन्सिच्युट मै भएको प्यानल छलफलमा प्रशिक्षक अनिल बर्णवाल, पदम राज तिम्लिसिना, सरोज पौडेल, प्रधुमन प्रसाद, संतोश कुमार, अजय साह लगायतका प्रशिक्षक तथा लोक सेवा तयारी गर्ने विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...