Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

रेडक्रस पर्सा शाखाको निर्वाचन विधि र प्रकृया मिचेर अपादर्शी रुपमा भएको खुलासा

spot_img
spot_img

वीरगन्ज, १८ बैशाख ।
नेपाल रेडक्रस सोसाइटी पर्सा शाखामा निर्वाचन विधि र प्रकृया मिचेर अपादर्शी रुपमा भएको खुलाशा भएको छ । गत बैशाख १६ गते पर्सा शाखाको कार्य समिति बिरेन्द्र राज कंडेको सभापतित्वमा १७ सदस्यि निर्बिरोध निर्वाचित भएको भनिए त्यसो नभएको खुलेको हो ।

rajina_kalikatimesकार्य समिति चयन भएको भोली पल्ट नै कार्य समिति सदस्य बृजकिशोर पटेलले पदबाट राजिनामा दिदै विधि र प्रकृया मिचेर कार्य समितिको निर्वाचन गरिएको वताएका थिए । नव निर्वाचत कार्य समिति मध्ये कै पटेल राजिनामा दिदै निर्वाचनमा भएको अमर्यादित कार्यप्रकृया तथा अपारदर्शी गतिविधि प्रति घोर भर्तशना समेत गरेका हुन ।

जिल्लामा रेडक्रसको २१ ओटा उपशाखा र १३१ जना मतदाता रहेकोमा निर्वाचन प्रकृया तथा यर्थात कार्यविधि सहितको कुनै उपशाखामा जानकारी नगराई निर्वाचन गरिएको आरोप पनि उनले लगाएका छन ।

मानव सेवाको क्षेत्रमा विश्वजगतमा छुटै पहिचान बनाएका नेपाल रेडक्रस सोसाइटि पर्सामा राजनीति, गुटबन्दी र परिवारवाद हावी भएको रेडक्रस निकट कै व्यक्तिहरु आरोप लगाउन थालेका छन । रेडक्रसको आन्तरिक कलहले रेडक्रस कर्मी, आजीवन सदस्य, सभासद लगायतले सार्वजनिक रुपम मै चयन कार्य समति प्रति असन्तुष्टि व्यक्त समेत गरेका छन ।

यसका साथै सामाजिक संजालमा पनि यसको टिकाटिप्पणी, बिरोध र राजिनामा समेत हुन थाल्नुले रेडक्रस पर्साको गरिमामा आंच आउन सक्ने रडक्रस कर्मीले चिन्ता व्यक्त गरेका छन ।

निवर्तमान रेडक्रस पर्साका सभापति फुलमहमद मियाँ प्रदेश नं. २ को सभापति भए पछि पर्साको सभापति पद उनलाई छोडनु परेको थियो । मियाँले पर्सा सभापतिको पद छाडे पछि भएको नयाँ कार्य समितिको चयनमा छोरा साविर अहमद अराजलाई उप मन्त्री वनाए पछि झन टिकाटिपणी र विवाद सुरु भएको जानकारहरु वताउँछन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...