Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

रेडक्रस पर्सा शाखाको निर्वाचन विधि र प्रकृया मिचेर अपादर्शी रुपमा भएको खुलासा

spot_img
spot_img

वीरगन्ज, १८ बैशाख ।
नेपाल रेडक्रस सोसाइटी पर्सा शाखामा निर्वाचन विधि र प्रकृया मिचेर अपादर्शी रुपमा भएको खुलाशा भएको छ । गत बैशाख १६ गते पर्सा शाखाको कार्य समिति बिरेन्द्र राज कंडेको सभापतित्वमा १७ सदस्यि निर्बिरोध निर्वाचित भएको भनिए त्यसो नभएको खुलेको हो ।

rajina_kalikatimesकार्य समिति चयन भएको भोली पल्ट नै कार्य समिति सदस्य बृजकिशोर पटेलले पदबाट राजिनामा दिदै विधि र प्रकृया मिचेर कार्य समितिको निर्वाचन गरिएको वताएका थिए । नव निर्वाचत कार्य समिति मध्ये कै पटेल राजिनामा दिदै निर्वाचनमा भएको अमर्यादित कार्यप्रकृया तथा अपारदर्शी गतिविधि प्रति घोर भर्तशना समेत गरेका हुन ।

जिल्लामा रेडक्रसको २१ ओटा उपशाखा र १३१ जना मतदाता रहेकोमा निर्वाचन प्रकृया तथा यर्थात कार्यविधि सहितको कुनै उपशाखामा जानकारी नगराई निर्वाचन गरिएको आरोप पनि उनले लगाएका छन ।

मानव सेवाको क्षेत्रमा विश्वजगतमा छुटै पहिचान बनाएका नेपाल रेडक्रस सोसाइटि पर्सामा राजनीति, गुटबन्दी र परिवारवाद हावी भएको रेडक्रस निकट कै व्यक्तिहरु आरोप लगाउन थालेका छन । रेडक्रसको आन्तरिक कलहले रेडक्रस कर्मी, आजीवन सदस्य, सभासद लगायतले सार्वजनिक रुपम मै चयन कार्य समति प्रति असन्तुष्टि व्यक्त समेत गरेका छन ।

यसका साथै सामाजिक संजालमा पनि यसको टिकाटिप्पणी, बिरोध र राजिनामा समेत हुन थाल्नुले रेडक्रस पर्साको गरिमामा आंच आउन सक्ने रडक्रस कर्मीले चिन्ता व्यक्त गरेका छन ।

निवर्तमान रेडक्रस पर्साका सभापति फुलमहमद मियाँ प्रदेश नं. २ को सभापति भए पछि पर्साको सभापति पद उनलाई छोडनु परेको थियो । मियाँले पर्सा सभापतिको पद छाडे पछि भएको नयाँ कार्य समितिको चयनमा छोरा साविर अहमद अराजलाई उप मन्त्री वनाए पछि झन टिकाटिपणी र विवाद सुरु भएको जानकारहरु वताउँछन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...