Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026
Home Blog Page 1126

वडा, गाउँपालिका र प्रदेश संग सहकार्य गर्ने छु : आई.जि.पी. खनाल

0

पर्सा, १० मंसिर ।
नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरिक्षक (आई.जि.पि.) सर्बेन्द्र खनालले आज पर्साको कालिकामाई गाउँपालिकामा आयोजित भलिबल टुनामेन्ट प्रतियोगितको उदघाटन गर्नु भएको छ । कालिकामाई गाउँपालिकाको वडा नं. १, मुडलीमा आयोजित अन्तराष्ट्रिय भलिबल टुनामेन्ट प्रतियोगिताको उदघाटन गर्नु भएको हो ।

श्री जनाता मा.वि. मुडलीमा आयोजित उदघाटन समाहरोहलाई सम्बोधन गर्दै आई.जि.पी. खनालले राम्रो काममा सहयोग गर्ने वताउनु भएको छ । नेपाली जनाताको सुखदुखमा साथ दिने वताउदै खनालले भन्नु भयो समुदाय सझेदारी कार्यक्रममा वडा, गाउँपालिका र प्रदेश संग सहकार्य गर्ने छु । प्रहरीलाई प्रदेश नं. २ बाट तस्करी, गुन्डागर्दी हटाउन खनालले प्रहरीलाई निर्देशन समेत दिनु भयो ।

igp 2-kalikatimesगाउँपालिका अध्यक्ष नथुनी प्रसादको अध्यक्षतामा भएको उदघाटन समाहरोहमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत पौडेल, पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक रेवती ढकाल, सशस्त्र प्रहरी उपरिक्षक प्रेम धवज, प्रहरी प्रधान कार्यालयका प्रहरी उपरिक्षक रामबहादुर कार्की, पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार (मन्टु), उप मेयर सलमा खातुन, विन्दवासनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु (मोदी) लगायतकाले मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य राजेन्द्र प्रसाद कुर्मीले गरेका थिए । 

सहकारी संघ संस्था बिच अन्तक्रिया कार्यक्रम सम्पन्न

0

वीरगंज,९ मंसिर  पर्साको सखुवा प्रसौनी गाँउपालिकामा सहकारी संघ संस्था बिच अन्तक्रिया कार्यक्रम आईतबार सम्पन्न भएको छ । सखुवा प्रसौनी गाँउपालिकाको आयोजना तथा जिल्ला कृषि सहकारी संघ र राष्ट्रिय सहकारी बैंकको सहकार्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा गाँउपालिका भित्रका २६ वटा सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको कृषि सहकारी संघ पर्साका अध्यक्ष शिव कुमार साहले जानकारी दिए ।अन्तरक्रिया कार्यक्रममा सहकारी भित्र रहेका समस्याका समाधान गर्नेको लागी समिति बनाउने ,गाँउपालिका भित्रका समिति बनाउने, सहकारी कानुन बनाउने, कर्मचारीको लागी कार्यालयको व्यवस्थापन गर्ने ,सहकारी सम्बन्धि रिकोर्ड व्यवस्थापन लगायतको निर्णय भएको कृषि सहकारी संघ पर्साका अध्यक्ष साहले बताए ।

सखुवा प्रसौनी गाँउपालिकाका अध्यक्ष प्रदिप जैसवालको अध्यक्ष्तामा भएको कार्यक्रममा सहकारी बैंकका शाखा प्रमुख युवराज त्रिपाठि, कृषि ज्ञान केन्द्र समसुल मियाँ, अजय कुमार श्रीवास्तव लगायतको उपस्थिती रहेको थियो ।

नेताहरुको गुटको शिकार बने विद्यार्थी नेता इशक कुमार

0
Ishq -kalikatimes

पर्सा । तत्कालिन नेकपा माओवादी केन्द्रको एकतादेखि नै गुटबन्दीमा चलेको पर्साको तत्कालिन नेकपा माओवादी पार्टी एमाले सँगको एकीकरण प्रकृयासम्म आईपुग्दा सम्म झन गुटबन्दी सतहमा देखिएको छ । पछिल्लो समयमा गुटको शिकार भएका छन् तत्कालिन नेकपा माओवादीको भातृ संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य इशक कुमार ।

प्रहरीसँग भनाभन गरेको आरोपमा पक्राउ परेका केन्द्रीय सदस्य इशक कुमारलाई छुटाउन कुनै पहल नगरेको भन्दै विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र अनेरास्ववियुका विद्यार्थीहरु आक्रोशित भएका छन् । एकताको प्रकृयामा रहेको नेकपा पर्साको कार्यदल पनि आफ्नो भातृ संगठनका कार्यकर्तालाई छुटाउनका लागि चासो नदेखाएको विद्याथीहरुको गुनासो छ ।

इशक कुमार तत्कालिन नेकपा माओवादी केन्द्रको नारायणकाजी श्रेष्ठ गुटका विद्यार्थी भएकै कारणले अन्य गुटका पार्टीका नेता तथा विद्यार्थीहरुले पनि उनको रिहाका लागि खासै चासो नदेखाएको उनीहरुको भनाई छ । नेकपाको कार्यदलका सदस्यहरु लगायतका पार्टीका सबै नेताहरुसँग इशक कुमारको बारेमा जानकारी गराउँदा समेत कोहीपनि जवाफदेही नभएकोमा विद्यार्थीहरु पार्टीप्रति नै असन्तुष्ट बनेका छन् ।

तत्कालिन नेकपा माओवादी केन्द्रको संगठनमा पनि संस्थापन, राम बहादुर थापा ‘बादल’ नारायणकाजी र मातृका गुटमा विभाजन भएकाले प्रहरी हिरासतमा रहेका इशक कुमारको रिहाइमा खासै दबाव नपरेको विद्यार्थीहरुको बुझाई छ । जिल्लाका नेताहरु व्यक्ति केन्द्रीत र गुटबन्दीकै कारण पार्टीका केन्द्रीय स्तरका नेताहरु पनि पर्सामा आउन खासै इच्छा देखाउदैनन् ।

माओवादी आन्दोलनका क्रममा वीरगन्जमा काशी तिवारीको हत्यापछि प्रभु साहमाथि व्यापक दबाव परेपनि पर्साका नेताहरुले साथ नदिएकै कारण र पछिल्लो समयमा देखिएको पार्टीको गुटबन्दीले साह पनि पर्सामा आउन खासै रुची नदेखाउने गरेको जानकारहरु बताउछन् ।

गुटबन्दीकै कारण उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकका यादव पनि जिल्लामा आउन चाहदैनन् । पछिल्लो समयमा निम्बसको उद्योगमा छापा मारेको विषयमा विवादमा परेपछि यादव पर्सामा आफ्नो गुटकै नेताहरुमाथि असन्तुष्ट बनेको स्रोतको भनाई छ । पूर्व सांसदहरुदेखि वर्तमान सांसदहरुको पनि पर्सा पार्टी र कार्यकर्ताहरुमा खासै प्रभाव नरहेको देखिएको छ ।

खेस्राहा प्रहरी चौकीको भवन निर्माणको लागि समिति गठन

0
samiti gathan-kalikatimes
समिति गठनको लागि भएको भेला

वीरगंज, ९ मंसिर ।
पकहा मैनपुर गाउँपालिकाको वडा नं. ३ स्थित रहेको खेस्राहा प्रहरी चौकीको भवन निर्माणको लागि आज समिति गठन भएको छ । २५ लाखको लागतमा निर्माण हुने तिन तल्ले भवनको लागि ७ सदस्यि निर्माण समिति र १५ सदस्यि अनुगमन समिति गठन भएको वडाध्यक्ष ढेरी यादवले वताए ।

गाउँपालिका अध्यक्ष विजय चौरसियाको अध्यक्षतामा र जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरिक्षक रेवती ढकालको प्रमुख आतिथ्यतामा भएको भेलामा समिति गठन भएको वडाध्यक्ष यादवले जानकारी गराए ।

विन्दुभुषण साहको अध्यक्षतामा गठन भएको निर्माण समितिको सचिवमा अयोध्या चौहान, कोषाध्यक्षमा उमा देवी, सदस्यहरुमा सुरेश यादव, हरिन्द्र चौहान, अनिहिया माझी, मन्तुरी देवी रहेका छन । यस्तै वडाध्यक्ष यादवको अध्यक्षतामा अनुगमन समिति पनि गठन भएको छ । गाउँपालिका अध्यक्ष चौरसियाको संरक्षकमा सर्वसहमत समिति गठन भएको वताइएको छ ।

दिप प्रज्वलन

0

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अन्तरास्ट्रिय अभियान अन्तर्गत शनिबार वीरगंजको घन्टाघरमा आयोजित दिप प्रज्वलन कार्यक्रम । तस्बिर : जाकिर हुसेन

ईजिआरपी कार्यक्रम अन्तर्गत अभिभावक सम्मानित

0

वीरगंज, ८ मंसिर ।
प्ररम्भिक कक्षा पढाई उपसमितीको पहिलो बैठक श्री ने.रा. प्रा.जे. पि चतुर्बेदी बिधालय बीरगंज -६ मा समपन्न भएको छ । नेपाल सरकार शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालय र USAID नेपालको आर्थिक सहयोग तथा सामाजिक संस्था जिल्ला समन्वय समिती, पर्साको आयोजनामा संचालित प्ररम्भिक कक्षा पढाई कार्याक्रम (EGRP) अन्तर्गत कार्यक्रम समपन्न भएको हो ।

कार्याक्रममा रेशम्कोठीका अभिभावक कलावति देबि सोनारलाई सम्मान गरिएको आयोजक संस्थाका अरबिन्द साहले वताए । बिधालय ब्यवस्थापन समितीका अध्यक्ष श्रीमती दिब्य लक्ष्मी शाक्याले दोसल्ला ओढाएर सम्मन गर्नु भएको थियो ।

निज कलावती देवि सोनार प्ररम्भिक कक्षा पढाई उपसमितको संयोजक पनि हुन । निजले नियमित बिधालयमा गाई प्र अ संग भेटघट गर्ने बिधालयको हरेक गतिबिधिमा सहभगी हुने र उनी आफना नाति/नातिनिलाई नियामित रूपमा सफा सुघर ड्रेस लगाइ बिधालय पठाउने जस्ता सराहनिय कार्यले अरु समुदायका अन्य अभिभावकले पनि राम्रो गरोस भन्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी बि म न पा -५, का वडा अधयक्ष प्रदिप कुमार चौरसियाले समुदाय, बिधालय र सरकार संग समन्वय गरेर आगाडी बढयो भने शिक्षा क्षेत्र बिकाश हुन्छ । अरबिन्द कुमार साहले सहजिकरण गरेको बैठकमा प्र. अ. कृष्ण कुमार सिंह लगायतकाको सहभागिता रहेको थियो ।

नेपाललाई मेडिकल हब बनाउन विभिन्न अस्पतालसंग टाइअप गर्ने डा.महतोको घोषणा

0
uupendra mahato-kalikatimes

मेडिसिटीले वीरगंजको हेल्थ केयर संगै २८ वटा हस्पिटल संग टाइअप गर्दै, बिहार र युपीको विरामीलाई नेपाल तान्ने लक्ष्य
वीरगंज, ९ मंसिर ।
नेपालको निजी क्षेत्रको सबै भन्दा ठुलो अस्पताल नेपाल मेडिसिटीले निकट भविष्यमा मुलुकको २८ वटा राम्रा अस्पतालसंग टाइअप गरी उपचार तथा सेवा प्रभावकारी बनाउने रणनीतका साथ अग्रसर देखिएको छ । गैर अवासिय संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो सञ्चालनमा रहेको अस्पतालले नेपाललाई मेडिकल हब बनाउन विभिन्न अस्पताल संग टाइअप गरेर अघि बढने बताइएको छ ।

यस बारे मेडिसिटी अस्पतालका सञ्चालक डा. महतो स्वयम वीरगंजको वीरगंज हेल्थ केयर हस्पिटल पुगेर घोषणा समेत गरेका छन् । हेल्थ केयर हस्पिटल भ्रमण अवलोकन गर्न आज वीरगंज पुगेका डा. महतोले भने वीरगंजका अस्पतालहरुलाई मात्र रेफरर अस्पताल नबनाऔं मिडिसिटीको सहयोग र टाइअपमा चिकीत्सकीय तथा प्राविधिक सहयोगले थप प्रभावकारी गुणस्तरीय सेवामा सुधार गरौं, आजको नेपालबा विदेश गइन्छ, उपचार गराउन, एक दिन यस्तो समय आउँछ , बिहार र उत्तर प्रदेशका विरामीलाई हामी तान्न सकौ ।

उनले वीरगंज मात्र हैन, अन्य ठाउँका अस्पतालबाट विरामी काठमाडौ ओसारेर नगद मोटरसाइकल, कारलगायत अस्पतालहरुले लिने गरेको कुरा सुन्दा दुख लाग्ने भएकोले देश भरी राम्रो उपचार सेवा प्रहाव गर्ने योजना उनको रहेको जानकारी गराएका थिए ।
पत्नी समता महतो संग वीरगंज पुगेका उनले चाडै नै हेल्थ केयर संगै विराटनगर, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बुटवल, भैरहवा, नेपालगंज लगायत २८ प्रमुख शहरका राम्रा नीजि अस्पताल संंग टाइअप गर्ने लक्ष्यका साथ नेपाल मिडिसिटी अस्पताल अघि बढेको बताए ।

वीरगंजको निजि अस्पताल मध्ये सबै भन्दा बढि १०० बेडको निजि अस्पताल वीरगंज हेल्थ केयर हो । अबुल हैस अन्सारी सञ्चालक रहेको हेल्थ केयर ७ वर्ष अघि गण्डक बहुअरीमा स्थापना भएको थियो भने छोटो समयमा आफनो सेवा प्रभावकारी बनाउँदै गएको छ । अस्पतालका सञ्चालक अबुल हैस अन्सारीले मेडिसिटी संगको कोपरेशन उपचार क्षेत्रको लागि राम्रो प्रयोग हुने बताए । मेडिसिटीले प्राविधिक सहयोग गर्ने भनेको छ, हामी पनि हेलिप्याड बनाउँदै छौ, आशा छ वीरगंजकै सुपर स्पेशलिटीको अस्पतालको रुपमा हेल्थ केयरलाई बनाउन मदत मिल्नेछ ,उनले भने । दुबै अस्पताल वीच टेलिमिडिसन टिटमेन्ट सर्भिस शुरु गर्ने पनि तयारी भएको उनले बताए ।

वीरगंजको गण्डकमै दुई महिना पछि शुरु लागेको हेलिप्याड सहितको १ अर्बको बयोधा समुहको बयोधा अस्पताल सञ्चालनमा आउन देखेर हुन सक्छ काठमाडौंको निजी क्षेत्रको सबै भन्दा ठुलो अस्पताल मेडिसिटीले वीरगजको निजि अस्पताल मध्ये सबै भन्दा ठुलो अस्पताल संग टाइअप गर्न लागेको अनुमान गरिएको छ । सोही अवसरमा डा. महतोले अस्पतालको डेढ सय विरामीलाई फलफुल वितरण गरेका थिए ।

अस्पताल अवलोकन पछि प्याब्सन एनले वीरगंजको नारायणी खेलकुद मैदानमा आज देखि आज देखि शुरु भएको टि २० नक आउट क्रिकेट प्रतियोगिताको उद्घाटन पनि गरेका छन् । यो प्रतियोगिताको नेपाल मेडिसिटी अस्पतालले नै प्रायोजक गरेको छ । साथै उनले पहिलेको प्रसौनीमा रहेको नेपाल ग्राम उद्योग (साबिक पतञ्जलि प्राली)को भ्रमण अवलोकन र व्यापारिक भेटघाट गर्ने कार्यक्रम पनि रहेको बताइएको छ ।

लियो क्लबको आयोजनामा निशुल्क स्वास्थ्य जाँच सिबिर सम्पन्न

0
sawastha sibir-kalikatimes

वीरगंज, ८ मंसिर ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका वार्ड नम्बर २४ हरपुरमा निशुल्क स्वास्थ्य जाँच शिवीर शनिबार सम्पन्न भएको छ ।लियो क्लब अफ वीरगन्जको आयोजना तथा हेल्प युवा क्लब जितपुर सिमरा र नेपाल भिजन केयर अस्पताल प्रालिको सहयोगमा श्री नेपाल राष्ट्रिय प्राबी हरपुरको प्राङ्गणमा सिबिर सप्पन्न भएको हो । निशुल्क स्वास्थ जाच सिबिरमा महिला ,पुरुष बालबालिका गरि ६ सय जनाले स्वास्थ्य जाच गराएको लियो क्लब अफ वीरगन्जका सचिव मेराजुल हवारीले जानकारी दिए ।

leo sawastha sibir-kalikatimesस्वास्थ्य शिबिरमा स्त्री तथा प्रसुती रोग बिसेसज्ञ डाक्टर सलमा बानु,कन्र्सलटन्ट सर्जन डाक्टर मेहदी हसन ,फिजिसियन डाक्टर सैलेजा नन्द ,डाक्टर रुपेन्द्र मिश्रा ,सचितानन्द साह,बिश्वास घिमिरे ,घनश्याम कुशवाहा लगायतकाले स्वास्थ्य जाँच गरेको लियो क्लब अफ वीरगन्जका अध्यक्ष सिमोन गुरुङले बताए ।

leo club sibir-kalikatimesनिशुल्क स्वास्थ जाँच शिबिरमा लियो क्लब अफ वीरगन्जका सल्लाहकार एवं युवा पत्रकार तिवारी यादव ,अध्यक्ष सिमोन गुरुङ ,उपाध्यक्ष अञ्जली गर्ग ,पुर्ब अध्यक्ष सरिता खडगी ,निकेश श्रेष्ठ ,दिपेन्द्र यादव ,रिसभ राज अग्रवाल ,कोशाध्यक्ष राम बिनेश यादव ,सदस्यहरु अमृता ठाकुर,अन्जना साह ,भगवती सिग्देल ,दिपेन्द्र साह,अन्कित श्रेष्ठ, वडा अध्यक्ष ईलियास देवान , समाजसेवी बिकाश यादव , कलाम मियाँ अंसारी लगायतको उपस्थिति रहेको थियो ।

विद्यार्थी नेता पासवानलाई आइतबार नछोडे आन्दोलन गर्ने विद्यार्थी संगठनहरुको चेतावनी

0
ishq kumar-kalikatimes

वीरगंज, ८ मंसिर ।
साबिकका नेकपा माओबादी केन्द्र र हालका सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य इशक कुमार पासवानलाई प्रहरीले व्यक्तिगत इगोले फसाइएको विद्यार्थी नेताहरुले आरोप लगाएका छन । केही महिना अगाडी नारायणी उपक्षेत्रिय अस्पतालमा बच्चा हराएको आन्दोलनको बेला प्रहरी नायब उपरिक्षक (डि.एस.पी.) मानबहादुर राई संग भएको विवादको रिसबीका कारण झुठो मुद्दा बनाई प्रहरीले विद्यार्थी नेता पासवानलाई फसाएको अनेरास्ववीयु र अनेरास्ववीयु क्रान्किारीले आरोप लगाएका छन ।

press bigyapati-kalikatimes
विद्यार्थी संगठनहरुले जारी गरेको प्रेस विज्ञप्ती

दुबै विद्यार्थी संगठनहरुले आज संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै केन्द्रिय सदस्य पासवानलाई प्रहरीले फसाएको दाबी गरेका हुन । विज्ञप्ती अनुसार बच्चा हराएको आन्दोलनको नेतृत्व केन्द्रिय सदस्य पासवान र शिवम साहले गरेका थिए । त्यही बेला प्रहरी नायब उपरिक्षक राई र पासवान विच विवाद भएको थियो र त्यो बेला पनि राईले दुबै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थुनेको थिए । थुनेको केही समय पछि दुबैजनालाई प्रहरीले छोडनु परेको थियो ।

त्यही रिसबीका कारण प्रहरी चौकी भिष्वा नजिक बस्दै आएकी एक महिलाले भने कै अधारमा डि.एस.पी. राईले पासवानलाई क्राइम ब्रान्चमा कार्यरत एक प्रहरी संग फोन गरी जिल्ला प्रहरी कार्यालयमा पासवानलाई बोलाएका थिए । त्यो बेला पनि डि.एस.पी. राई र विद्यार्थी नेता पासवान बिच भनाभन भएको थियो । भनाभन कै क्रममा डि.एस.पी. विद्यार्थी नेता पासवानलाई हातपात गर्दै हतकडी लगाई थुनेको वताइएको छ ।

विहान भएको विवाद दिउसो सार्वजनिक भए पछि नेकपाका नेता तथा विद्यार्थी नेताहरु एस.पी. रेवती ढकाल संग बुझदा पासवान माथी सार्वजनिक अपराध मुद्दा दर्ता भइसकेको र म्याद पनि थप भइसको वताएका थिए । पर्सा जिल्लामा बढदै गएको बलात्कारको घटनामा संलगनलाई प्रहरीले समात्न नसकेको र संगठित रुपमा तस्करी गराइरहेको अवस्थामा विद्यार्थी नेतालाई फसाउने नियत माथी शंका उत्पन्न भएको अनेरास्ववीयु पर्साका अध्यक्ष रामबाबु यादव र अनेरास्ववीयु क्रान्तिकारी, पर्साका संयोजक मित्रदेव यादव द्वारा जारी गरिएको विज्ञप्ती मार्फत वताइएको छ ।

आन्दोलनको कार्यक्रम घोषणा

प्रहरीले विद्यार्थी नेतालाई झुठो मुद्दा बनाई फसाएको भन्दै शनिबार बसेको विद्यार्थी संगठनहरुको वैठकले प्रहरी विरोधको आन्दोलनको कार्यक्रम घोषणा गरेको छन । मंसीर ९ गते, आइतबार सम्म प्रहरीले विना शर्त पासवानलाई रिहा नगरे त्यही दिन बेलुका देखीको आन्दोलनको कार्यक्रम विद्यार्थी संगठनहरुले सार्वजनिक गरेका छन ।

विद्यार्थी संगठनहरुले सार्वजनिक गरेको आन्दोलनको कार्यक्रम अनुसार मंसीर ९, गते, आइतबा बेलुका प्रदर्शन गर्ने, १० गते सोमबार पर्साका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने र तब पनि प्रहरीले विद्यार्थी नेता पासवानलाई रिहा नगरे ११ गते मंगलबार सबै विद्यार्थी संगठनहरुको संयुक्त बैठक बसी थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने छन ।

मेडिसिटी प्याब्सन टी २० नकआउट त्रिकेट प्रतियोगित शनिबार देखी सुरु हुदै

0
cricket game-kalikatimes

वीरगंज, ७ मंसिर ।
नेपाल मेडिसिटी प्याब्सन टी २० नकआउट त्रिकेट प्रतियोगित शनिबार देखी सुरु हुदै छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल, प्याब्सनले आयोजन गर्न लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ । वीरगंज विर्ता स्थित रहेको अन्पूर्ण होटमा आज प्याबसनले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको हो ।

नारायणी रङ्गशाला बाहिर रहेको क्रिकेट मैदानमा शनिबार देखी शुरु हुने त्रिकेट प्रतियोगिताको गैर अवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले उदघाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा नेपाल क्रिकेट टिमका क्याप्टेन पारस खडका, राष्ट्रिय कोच जगत बहादुर टमाटा, १९ बर्ष भन्दा मुनि नेपाल टिमका कोच र पूर्व क्याप्टेन विनोद दास र पूर्व क्याप्टेन पवन अग्रवालको समेत उपस्थिति रहने जनाइएको छ ।

करिब ७ लाखको खर्चमा हुने प्रतियोगितामा प्याब्सन संग आवद्ध ३२ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहने प्याव्सल अध्यक्ष डा. हरिशंकर साहले वताउनु भयो । मंसिर १९ गते सम्म चल्ने प्रतियोगिता प्याब्सन नगर कार्यसमितिका वर्तमान अध्यक्ष अलोक चौरसिया तथा पूर्व अध्यक्ष इमामुद्दीन अहमदको संयोजकत्व रहने र राष्ट्रिय एम्पायर हीरालाल यादवको रोहबरमा प्रतियोगिता हुने अध्यक्ष साहले वताए ।