Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

काठको गोलिया सहित दुई जना पक्राउ

spot_img
spot_img

वीरगञ्ज, २६ बैशाख ।
पर्सा प्रहरीले सालको तयारी गोलिया काठ सहित दुई जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय, श्रीपुरले पर्सागढी नगरपालिका वडा नम्बर ९ बस्ने बलिराम सहनी र चैती देवीलाई पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिकाको वडा नं. १३ स्थित रहेको वडा प्रहरी कार्यालय श्रीपुर अगाडीबाट बिहीबार विहान १०ः२० बजे दुबै जना पक्राउ परेका परेका हुन । पक्राउ परेका बलिराम ना ४ ख ६९५८ नम्बरको यात्रुबहाक बसका चालक हुन भने चैतिदेवी बसधनी हुन् ।

वागवानाबाट वीरगञ्जतर्फ आइरहेको बसमा अवैध रुपमा सालको गोलिया काठ ल्याउँदै गरेको सूचनाको आधारमा उनीहरुलाई ११ क्युफिट काठसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

बसमा खानतलासी गर्दा बसको डिक्की र छतमा लुकाएर ल्याउँदै गरेको ११ क्युफिट सालको तयारी गोलियाकाठ बरामद भएको प्रहरी निरीक्षक मल्लले वताए ।

बरामद गरिएको काठ, बस र पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय पर्सामा बुझाइएको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ । बरामद गरिएको काठको मूल्य अन्दाजी ५० हजार रहेको अनुमान गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रेडक्रसको केन्द्रीय सदस्य बनेका सर्राफलाई वीरगंजमा सम्मान

वीरगंज । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत पर्साका विक्की कुमार सर्राफलाई नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत गठित रेडक्रस एक्सन टिम (RCAT)...

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...