Date
आइत, असार १, २०८२
Sun, June 15, 2025

काठको गोलिया सहित दुई जना पक्राउ

वीरगञ्ज, २६ बैशाख ।
पर्सा प्रहरीले सालको तयारी गोलिया काठ सहित दुई जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय, श्रीपुरले पर्सागढी नगरपालिका वडा नम्बर ९ बस्ने बलिराम सहनी र चैती देवीलाई पक्राउ गरेको हो ।

- Advertisement -

वीरगञ्ज महानगरपालिकाको वडा नं. १३ स्थित रहेको वडा प्रहरी कार्यालय श्रीपुर अगाडीबाट बिहीबार विहान १०ः२० बजे दुबै जना पक्राउ परेका परेका हुन । पक्राउ परेका बलिराम ना ४ ख ६९५८ नम्बरको यात्रुबहाक बसका चालक हुन भने चैतिदेवी बसधनी हुन् ।

वागवानाबाट वीरगञ्जतर्फ आइरहेको बसमा अवैध रुपमा सालको गोलिया काठ ल्याउँदै गरेको सूचनाको आधारमा उनीहरुलाई ११ क्युफिट काठसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

बसमा खानतलासी गर्दा बसको डिक्की र छतमा लुकाएर ल्याउँदै गरेको ११ क्युफिट सालको तयारी गोलियाकाठ बरामद भएको प्रहरी निरीक्षक मल्लले वताए ।

बरामद गरिएको काठ, बस र पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय पर्सामा बुझाइएको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ । बरामद गरिएको काठको मूल्य अन्दाजी ५० हजार रहेको अनुमान गरिएको छ ।

ताजा अपडेट

थप समाचार

वीरगंज बसपार्कमा डिबिएस अटो वर्कसप र कार क्याफे संचालनमा

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित नयाँ बसपार्कमा डिबिएस अटो वर्कसप शनिबारदेखि संचालनमा आएको छ । वीरगन्जका चारजना युवाहरुको संयुक्त लगानीमा आएको...

वीरगञ्ज अठराहामा “पार्क उद्घाटन भयो, तर पार्कै छैन

वीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर २६ अठराहा स्थित श्रीराम जानकी मन्दिर परिसरमा चिल्ड्रेन पार्क नबन्दै आर्थिक अनियमितता भएको पाएको छ । गत आर्थिक बर्ष...

जगरनाथपुर गाउँपालिकामा पनि असार १ देखि ६ गतेसम्म थप गर्मी विदा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाले बढ्दो गर्मीका कारण विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै थप गर्मी विदा दिएको छ। गाउँपालिका अध्यक्षको...