Date
मङ्ल, साउन २६, २०८३
Tue, August 11, 2026

खण्डेलवाल परिवारमा विवाद, सुनिल आफ्नै दाजुभाईबाट यातना खेप्दै

spot_img
spot_img

वीरगन्ज, २४ वैशाख ।
वीरगन्जका एक प्रतिष्ठित व्यापारी खण्डेलवाल परिवारमा अंशको विवाद हुदा कुटपिट सम्म पुगेको छ । दाजुभाईहरु विचको भएको अँशको विवादले उग्र रुप लिदा कुटपिट सम्म पुगेको हो । वीरगन्ज १० आदर्शनगर निवासी सुनिल खण्डेलवाललाई आफ्नै परिवारका सदस्यहरुले यातना दिदै कुटपिट गरेका छन् ।

दाजुभाईबाट पीडित सुनिल खण्डेलवालले आफूलाई ४ जना दाजुभाई मिली कुटपिट गरेको आरोप लगाएका छन् । दाजु राजेश खण्डेलवाल, पशुपति खण्डेलवाल, सुरेश खण्डेलवाल र भाई सचिन खण्डेलवाल मिली अँशको बहानामा यातना दिदै आएका छन । चारै जना दाजुभाईले २०७५ पुस २३ गते कुटपिट गर्दा सुनिलको बाँया खुट्टा समेत भाँचिएको थियो ।

६ जना दाजु भाई संगोलमा बस्दै आएकोमा ४ जना दाजु भाई तथा उनका परिवारजनले बेला बखत भाडाको घरमा जाउँ, भाई भतिजहरु मिलेर घरको सामान निकालेर फ्याक्ने लगायत विभिन्न तनाव दिदै आएकाको सुनिलले वताएका छन । सोही क्रममा एक दिन ठूलो दाजु पशुपति खण्डेलवालले भाडाको घरमा जाउँ भनेर थर्काएका थिए भने अर्को दिन भाउजु र भतिजीले कोठामा पसेर सामान समेत फाल्दै दुव्र्यवहार गरेको पीडित सुनिलले बताए ।

सुनिलका अनुसार दुई छोरी टिभी हेरेर बसि रहेको अवस्थामा पशुपति खण्डेलवालले यहाँ टिभी चल्दैन भनेर दुव्र्यवहार गर्दै टिभी निकालेर लगेका थिए भने अझैसम्म त्यो टिभी फर्काएका छैनन् । दिनहुँको यातनाबाट पीडित सुनिल बाध्यताबस न्यायको माग गर्दै जिल्ला अदालत पर्सामा अँशको मुद्दा दर्ता गराएका थिए ।

अदालतको म्याद पाएपछि चार दाजुभाई मिली सुनिलको कोठामै पसेर उनका श्रीमती र छोरीहरुकै अगाडि कुटपिट गरेका थिए । कुटपिट पश्चात घटना स्थल पुगेका प्रहरीले सुनिललाई उद्दार गरेर नारायणी अस्पतालमा उपचारका लागि लगेका थिए भने कुटपिट गर्ने चार जना दाजुभाई फरार भएका थिए । सुनिल दिनहुँ न्यायको लागि जिल्ला अदालतमा धाई रहेका छन तर अहिलेसम्म न्याय पाउन सकेका छैनन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँ नगदसहित चार जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट...

पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ सोनबर्साबाट १०५ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । सोमबार राति करिब ९ बजेको समयमा इलाका...

मानवसेवा आश्रम पुगे पर्साका प्रहरी प्रमुख भट्टराई, आश्रितलाई खाद्यान्न तथा भोजन सहयोग

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख पवन भट्टराईले मानवसेवा आश्रम वीरगञ्जको अवलोकन गर्दै आश्रममा आश्रित असहाय तथा बेसहारा व्यक्तिहरूका लागि खाद्यान्न तथा...