Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

लागू औषध दुरुपयोग तथा अवैध ओसारपसारको अवस्था भयावह बन्दै

spot_img
spot_img

वीरगंज, २३ वैशाख/
नेपालमा लागू औषध दुरुपयोग तथा अवैध ओसारपसारको अवस्था भयावह बन्दै गएको तथ्याङ्कले देखाएको छ । गृह मन्त्रालय अन्तर्गत लागू औषध नियन्त्रण शाखाले सार्वजनिक गरेको तथ्याङ्कमा गत वर्षको तुलनामा यस वर्ष ११.३५ प्रतिशतले लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार भएको छ ।

महाशाखाले लागू औषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध सरोकारवालासँग गरेको अन्तत्र्रिmयामा सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रत्येक वर्ष यो दर बढ्दै गएको देखाएको छ ।  नेपालबाट लगभग ४० लाख युवा विदेशमा रहेको र बाँकी युवा लागू औषध मा फस्दै गएकोमा सरकारमाथि चुनौती थपिएको छ । अन्य जिल्लाको तुलनामा पर्सा जिल्ला ट्रान्जिट प्वाइन्टको रूपमा प्रयोग भएको गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, पर्साले सार्वजनिक गरेको तथ्याङ्कमा पर्सा कारागारमा ४० प्रतिशत कैदीबन्दी तथा थुनुवामध्ये ७० प्रतिशत लागू औषध ओसारपसार मुद्दामा रहेको देखाइएको छ । पर्सा जिल्लामा चालू आवमा सबै स्थानीय तहमा सचेतना कार्यक्रम गरे तापनि नियन्त्रण हुन नसकेको तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यस वर्ष ओसारपसारमा तीव्रता आएको र सम्बन्धित व्यक्तिहरू पक्राउ परेका छन् । अहिले पर्सा जिल्लामा प्रतिदिन एकजना लागूऔषध कारोबारी, सेवनकर्ता पक्राउ पर्ने गरेको तथ्याङ्कले देखाएको छ । चालू आवमा नर्फिम २७७५, डाइजेपाम २८४६, फेनारगन २८१३, गाँजा ३ क्विन्टल ६८ केजी, चरेस ३ क्विन्टल १६ केजी बरामद भएको जनाइएको छ ।

अन्तत्र्रिmयामा बोल्दै सहभागीहरूले नेपाल सरकारको नीतिको कारण नेपालमा लागू औषध ओसारपसारमा तीव्रता आएको बताएका छन् । फरक–फरक नीति तथा अनुगमनको बाटो नअँगाल्दा दुव्र्यसनीहरू बढ्दै गएको सहभागीहरूले चिन्ता व्यक्त गरे ।

धादिङ, मकवानपुर, रोल्पा, रूकुम लगायत अन्य जिल्लामा खुलेआम गाँजा, चरेस, अफिमको खेती हुने गरेकोमा सरकारले नियन्त्रण नगरेसम्म अवस्था जटिल हुने सहभागीहरूले बताए । प्रहरीको प्रत्यक्ष निगरानीमा लागू औषध ओसारपसार भइरहेको आरोपसमेत कार्यक्रममा लगाइएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि लागू औषध नियन्त्रक नारायणप्रसाद शर्माले देशमा बढ्दो लागू औषध दुरुपयोग र अवैध ओसारपसार नियन्त्रणको लागि सरकार लागेको बताए । राय सुझावको लागि नेपालको विभिन्न ठाउँमा सरोकारवालासँग अन्तत्र्रिmया गर्न आएको र सुझाव सङ्कलनपछि आगामी रणनीति तय गर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको सभापतित्वमा शुरू भएको कार्यक्रममा वीरगंज भन्सारका प्रशासक श्यामप्रसाद भण्डारी, उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष्F सुबोध गुप्ता, वडाध्यक्ष जगत साह कानू, प्रहरी उपरीक्ष्Fक रेवती ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा  मन्त्रालयबाट झंकनाथ ढकाल तथा जिल्ला प्रहरी कार्यालयतर्पmबाट प्रनाउ मानबहादुर राईले तथ्याङ्क प्रस्तुत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...