Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

चर्काे घाम र तातो हावाले तराईको जनजिवन प्रभावित, बिरामीको संख्या बढ्दै

spot_img
spot_img

मेघराज राय/जिराभवानी बैशाख २५ ।

तातो हावा तथा बढ्दो गर्मीका कारण पर्साको ग्रामीण भेग सहित तराईको जनजिवन प्रभावित बन्दै गएको छ । २ दिन यता चलेको तातो हावाका कारण सर्वसाधारणहरु कमै मात्रामा घरबाहिर निस्किरहेका छन् । सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरुमा सेवाग्राहीहरुको उपस्थिती घट्दो छ ।

वृद्धवृद्धा, मजदुर तथा बालबालिकाहरु समेत बढ्दो गर्मीबाट प्रभावित बनेका छन् । गर्मी बढेसंगै वृद्धवृद्धा तथा बालबालिकाहरु विरामी हुने क्रम समेत बढेको छ । फोहर तथा दुषित पानी, बासी तथा सडेगलेका खाना, लामखुट्टेको टोकाई, गर्मीमा पसिना बढि निस्कदा हुने पानीको कमीका कारण अहिले विरामी बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।

माथिकै समस्याहरुका कारण, झाडापखाला, हैजा, टाउको दुख्ने, बान्ता हुने, छालाको एलर्जीलगायतका संक्रमण हुने चिकित्सक हरूले बताए । ‘गर्मीयाम बढ्दो छ, चिल्लो पिरो, तारेको तथा बासी सडेगलेका खाना नखानु उत्तम होला । प्रशस्त रुपमा सफा पानी पिउने, बढि गर्मी भए घरबाहिर ननिस्कने, बाध्यता नै भए छाता लिएर बाहिरजानुपर्छचिकित्सकहरूको सुझाव छ।

गर्मीकै कारण अहिले बिरामीहरुको संख्यामा समेत वृद्धि भएको छ । ठोरी र जिराभवानीको ग्रामिण स्वास्थ्य चौकीहरूमा र निजी क्लिनिक सहित दर्जनौँ स्वास्थ्य संस्थामा गर्मीका कारण बिरामीहरुको चाप बढेको छ । स्वास्थ्यकर्मीहरुका अनुसार झाडापखाला, एलर्जी, आखाँको समस्या, पेट दुख्ने, बान्ता हुने लगायतका बिरामीहरु आउने गरेका छन् ।

निजी अस्पतालहरुमा समेत बिरामीको संख्या बढेको चिकित्सकहरु बताउँछन् । गर्मीबाट बच्न आफु चनाखो बन्नुपर्ने चिकित्सकहरुको सुझाव छ । अत्याधिक गर्मी बढेपछि स्थानीय तहका पूर्वाधारका योजनाहरु समेत सुस्त गतिमा सञ्चालन भइरहेका छन् ।

गर्मीमा मजदुरले काम नगरेपछि बिहान बेलुकी मात्रै काम हुने गरेको प्राविधिकहरु बताउँछन् । ‘मजदुरहरु दिउँसोको चर्को घाममा काम गर्न खोज्दैनन् बिहान र बेलुकी मात्र काम चल्छ जिराभवानी गाउपालिकाका इन्जिनियर बिजय थारूले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...