Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

गर्भवती महिलाहरुलाई कुखुराको चल्ला

spot_img
spot_img

वीरगञ्ज, २७ बैशाख ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकाले गर्भवती महिलाहरुलाई कुखुराको चल्ला वितरण गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले बहुक्षेत्रीय पोष्ण कार्यक्रम अन्तर्गत बिहिबार एक कार्यक्रमका विच वडा नं. १, २ र ५ को गर्भवती महिलाहरुलाई कुखुराको चल्ला वितरण गरेको हो ।

गर्भवती महिलाहरुलाई अण्डा खानको लागि तिन वटै वडाका ३ सय जनालाई कुखुराको चल्ला वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक राजेश प्रसाद रौनियारले वताए । स्वास्थ्य चौकी सखुवा प्रसौनीमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रदिप कुमार जयसवालले गर्भवती महिलाहरुलाई कुखुराको चल्ला वितरण गरे ।

कुखुराको चल्ला वितरण गर्दै अध्यक्ष जयसवालले गर्भाअवस्थामा महिलाहरुलाई खानपिनमा विशेष ध्यानदिनु पर्ने वताए । त्यस कै लागि बहुक्षेत्रिय पोष्ण कार्यक्रम अन्तर्गत सुनौ हजार दिनको आमाहरुलाई ८ हप्ते कुखराको चल्ला वितरण गरिएको उनले वताए ।

यता सखुवा प्रसौनी गाउँपालिकाको वडा नं. ३ मा पोष्ण सम्बन्धि तालिम सम्पन्न भएको छ । वडा अन्तर्गतका ६० जना किशोरीहरुको सहभागिता रहको तालिम सम्पन्न भएको हो । तालिममा स्वास्थ्य संयोजक रौनियार, दिपनारायण महतोले किशोरीहरुलाई संतुलित खाना, आइरन चक्कीको प्रयोग तथा महिनावारी स्वास्थ्य व्यस्थापन बारेमा प्रशिक्षण दिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख...