Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

चोरीको समान सहित ४ जना पक्राउ

spot_img
spot_img

वीरगंज,२६ वैशाख ।
जिल्ला प्रहरी कार्यालय पर्साको सक्रियतामा चोरीका विभिन्न समानहरु सहित ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरी निरीक्षक राजेश दत्तको कमाण्डमा रहेको टोलीले वीरगंजको ज्ञान्दा स्कुलमा चोरी भएको विभिन्न समानहरु सहित ४ जनालाई पक्राउ गरेको हो ।
चोरीमा संलग्न भएको आरोपमा पक्राउ पर्नेमा वीरगंज महानगरपालीका वडा नम्बर ११ कृषी औजार पछाडी डेरा गरी बस्ने वर्ष ३२ को बल बहादुर थापा, सोही वडा बस्ने वर्ष ३६ को मोजामील मिया,वडा नम्बर २४ बस्ने वर्ष २८ की गिता देवी र सोही ठाउ बस्ने वर्ष ३४ को मनु कुमार गुप्ता रहेका छन ।
जेडी केइइ कम्पनीको मनिटर १ थान,सोनी कम्पनिको ४८ इन्चको एलइडी टिभी १ थान,डेल कम्पनिको ल्यापटप ४ थान, जेडी केइइ कम्पनीको चार्जर सहितको एलइडी १ थान,माईक १ थान,एम सिबी बक्स बोर्ड २ थान,फायर स्ट्रीगं आगो निभाउने मशिन १ थान,सटर फोडने प्रयोग गरिएको फलामको रड २ थान र नेपाली भारतीय गरी २८ हजार ६ सय नगद समेत बरामद गरिएको प्रहरी निरीक्षक दत्तले जानकारी दिनु भयो ।
पक्राउ परेकालाई थप आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुशनधान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...