Date
मङ्ल, साउन १२, २०८३
Tue, July 28, 2026

सामाजिक कुरुति कुसंस्कार न्युनिकरण गर्न किशोरी संवाद संजाल गठन

spot_img
spot_img

वीरगंज, २४ बैशाख ।
वीरगंज महानगरपालिकाको वडा नं. ३०, लालपर्सामा वडा स्तरिय सृजना किशोरी सम्वाद संजाल गठन भएको छ । प्रिति कुमारी यादवको संयोकत्वमा गठन भएको समितिको उप संयोजकमा मजरुन खातुन, सचिवमा निकिता कुमारी गुप्ता, सह सचिवमा हजरा खातुन र कोषाध्यक्षमा रुबि कुमारी मण्डल चयन भएका छन ।

यस्तै नव गठित समितिको सदस्यमा मिरा कुमारी मण्डल, अर्चना कुमारी कानु, सिता कुमारी कलवार, निशा खातुन लगायतका चयन भएका छन ।

युरोपियन युनियनको सहयोग र संरक्षण नेपाल तथा चाइलड नेपालको सहकार्यमा नेपाल ग्रामिण पुर्ननिर्माण सस्थाले संचालन गरेको किशोरी सम्वाद कार्यक्रम अन्तर्गत संजाल गठन भएको हो । समाजमा रहेको कुरुती न्युनिकरणको विभिन्न क्रियाकलाप संचालन गर्न संजाल गठन गरिएको किशोरी सम्वाद कार्यक्रमका सुपरभाइजर सुनेशवर साहले वताए ।

यसका लागि ३ सदस्यि विभिन्न उप समितिहरु पनि गठन भएको उनले जानकारी गराए । सविता कलवारको संयोजकत्वमा कोष अभिवृद्धि उप समिति, अंजली कुमार कानुको संयोजकत्वमा क्षमता अभिवृद्धि उप समिति, निभा कुमारी यादवको संयोकत्वमा पैरवी उप समिति र मनिता कुमारी मण्डलको संयोजकत्वमा खेलकुद तथा मनोरञ्जन उप समिति गठन भएको सुपरभाइजर साहले जानकारी गराए ।

श्री ने.रा. अधारभुत विद्यालय लालपर्सामा भएको संजाल गठन कार्यक्रममा वडा अध्यक्ष अमानत अंसारी, वडा सदस्य जमिला खातुन, विद्यावती देवी पासवान, स्वास्थ्य चौकी लालपर्साका प्रमुख अनिशकान्त कुशवाहा, सम्वाद अधिकृत प्रकाश पाण्डे, उमा राय माझी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

यश अघि वीरगंज महानगरपालिकाको वडा नं. २९ र ३१ मा पनि किशोरी सम्वाद संजाल गठन भइसकेको छ । वडा नं. २९, मुसैलीमा छठी कुमारी मण्डलको संयोजकत्वमा एकता किशोरी सम्वाद संजाल र वडा नं. ३१, भेडियाहीमा आशिका गौरोको संयोजकत्वमा लालिगुराश किशोरी सम्वाद समुह संजाल गठन भएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ओपन डिबेट एन्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप २०२६’ को अडिसन सम्पन्न, २० विद्यार्थी दोस्रो चरणका लागि छनोट

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान, वीरगञ्ज र वीरगञ्ज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको ‘Open Debate & Impromptu Speech Championship 2026’ को पहिलो...

सुनसरी गोलीकाण्डको विरोधमा वीरगंजमा प्रदर्शन, घण्टाघरमा टायर बालेर नाराबाजी

वीरगंज । सुनसरीको कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक हिन्दु युवकको मृत्यु भएको घटनाको विरोधमा सोमबार साँझ वीरगंजमा हिन्दु संगठन तथा सर्वसाधारणले विरोध प्रदर्शन गरेका...

‘आत्महत्या होइन, हत्या हो’ भन्दै लक्ष्मी सिलवाल प्रकरणमा न्यायको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा गत शुक्रबार मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको मृत्यु शंकास्पद रहेको भन्दै निष्पक्ष छानबिन...