Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

भोलि देखी ३ दिन नेपाल भारत सीमामा आवागमन बन्द हुने

spot_img
spot_img

वीरगञ्ज, २६ बैशाख ।
सीमावर्ती भारतीय राज्य बिहारमा हुने तेस्रो चरणको लोकसभा निर्वाचनका लागि तीन दिन सीमा आवागमन बन्द हुने भएको छ । निर्वाचनका लागि वैशाख २७ गतेदेखि २९ गतेसम्म अर्थात मे १० देखि १२ तारिकसम्म्म ३ दिन नेपाल भारतको सीमा नाका बन्द हुने पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

तीन दिनसम्म नेपालको बारा, पर्सा, रौतहट र नवलपरासी जिल्लाहरुमा उक्त दिनहरुमा ४८ घण्टाको लागि सिमा आवागमन बन्द हुने उनले जानकारी गराए ।

भारतको महावाणिज्य दूत वीरगंजको नोट भर्वल अनुसार अनुरोध भई आएकोले उक्त अवधिका लागि नेपाल भारत सीमामा आवागमन बन्द हुने जिल्ला प्रशासन कार्यालय, पर्साले सुचना प्रकाश गर्दै समेत जानकारी गराएको छ ।

पर्सा जिल्लाको मात्रै १ सय ७ किलोमिटर भू–भाग भारतको बिहारसँग जोडिएको छ । बिहारलगायत ७ राज्यको ५९ लोकसभा सीटमा १२ मे अर्थात वैशाख २८ गते निर्वाचन हुँदैछ ।

भारतीय लोकसभा निर्वाचनलाई लिएर पछिल्लो पटक सीमावर्ती सुरक्षा निकायका अधिकारीहरुको समन्वय बैठक डेढ महिना अघि मोतिहारीमा बसेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्राउन सुगरसहित छिपहरमाईका आलम र जगरनाथपुरका पटेल पक्राउ

वीरगंज । पर्सामा १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध खरिद–बिक्री भइरहेको...

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...