Date
आइत, जेष्ठ ३१, २०८३
Sun, June 14, 2026
Home Blog Page 1119

जोखिममा परेका किशोरीहरुलाई शैक्षिक सामग्री वितरण

वीरगंज, १६ असाेज ।
किशाेरी सशक्तिकरणको लागि जोखिममा परेका किशोरीहरुलाई मंगलबार शैक्षिक सामग्री वितरण गरिएको छ । युराेपियन युनियनकाे सहयोगमा र नेपाल ग्रामिण पुननिर्माण संस्था (आ.आर.एन.) काे अायाेजनामा ४७ जना किशोरीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको सुपरभाइजर सुनेशवर साहले वताए ।

पि.एन. र सि.एन. को सहकार्यमा संचालित किशोरी सम्बाद कार्यक्रम अन्तरगत वीरगंज महानगरपालिकाको वडा नम्बर २९ को मुसैली, रतनपुर, बसडिलवा र ३० को लालपर्सा र प्रसोतिपुरका जोखिममा परेका किशोरीहरु लाई शैक्षिक सामग्री वितरण गरिएको हाे ।

सामग्री वितरण कार्यक्रममा अार.अार.एन. काे किशोरी सम्बाद कार्यक्रमका टिम लिडर भानु पराजुली, कार्यक्रम संयोजक भागवती शर्मा भण्डारी, वडा अध्यक्ष अमानत अंसारी, वडा सदस्य बुधिया देवी, सम्वाद अधिकृत प्रकाश पाण्डे लगायतकाको सहभागिता रहेको थियो ।

तलब खान्न नपाएका कर्मचारीहरुको आन्दोलनमा जाने चेतावनी

वीरगंज, १६ असोज ।
पर्साको कालिकामाई गाउँपालिकाका कर्मचारीहरुले अब पनि तलब नपाए आन्दोलनमा जाने चेतावनी दिएका छन । गाउँपालिकाले आर्थिक बर्ष २०७५।०७६ को साउन महिना देखीको तलब भत्ता हाल सम्म नपठाए पछि कर्मचारीहरु आक्रोसित बनेका छन । कालिकामाई गाउँपालिका अन्तर्गतका १० वटा बिधालय र ५ वटा स्वास्थ्यचौकीका दर्जनौ कर्मचारीहरु आ आफनो जिम्मेवारी बहन गरीरहदा पनि तलब नपाउदा मर्कामा परेका छन ।

प्रत्यक महिना पाउनु पर्ने तलब दशैं नजिकदै जादा पनि पाउने आसा नरहेको कर्मचारीहरुले वताएका छन । कालिकमाई गाउँपालिकाको १० वटा बिधालयमा ५८ जना शिक्षकहरु छन भने ५ वटा स्वस्थ्यचौकीमा ३० जना कर्मचारी रहेका छन । हिन्दुहरुको महान चाडपर्व दशै नजिक्दै जादा र गाउँपालिकाबाट तलब नपाउदा तलब पाउने आश लगाएका कर्मचारीहरु निराश हुन थालेका छन ।

एक कर्मचारीका अनुसार स्थानिय तह नहुदा कर्मचारीहरुलाई समयमै तलब भता खुवाउने गरिएको थियो । अब सम्मपुर्ण अधिकार स्थानिय तहमा सुम्पिए पनि जनप्रतिनिधीहरु जिम्मेवारी बहन नगर्दा दिनप्रदिन स्थानिय तह प्रतिको भरोसा निरिह बन्दै गएको छ ।

गाउँ कार्यपालिका कार्यालयका कर्मचारीहरु र वडा सचिवहरु पनि साउन महिना देखी नै तलब खान्न पाएका छैन । दशैं सम्म तलब नपाए गाउँपालिका अन्तर्गतका ५ वटै वडाका वडा सचिवहरु पनि आन्दोलनमा जाने वताएका छन ।

श्रम गरेर पनि श्रमको पारिश्रमिक समयमा नपाउदा कर्मचारीहरुका घरपरिवार पनि सास्ती भोग्दै आएका छन । कालिकामाई गाउँपालिकाका कर्मचारीहरुलाई दशैको समयमा तलब भता नखुवाईए आन्दोलनमा उत्रने चेतावनी कालिकामाई गाउँपालिका शिक्षक फोरमका अध्यक्ष धुरेन्द्र प्रसाद चौरसियाले दिए । यस बिषयमा प्रमुख प्रशासकिय अधिकृत देवनाथ साह संग बुझदा आर्थिक बर्ष २०७५/०७६ को बजेट, निति तथा कार्यक्रम तय गर्न गाउँ सभा हुन नसकेका कारण कर्मचारीहरुलाई तलब खुवाउन नसकिएको वताए । उनले दशैं सम्म तलब खुवाउन आश्वासन समेत दिए ।

यस्तै पर्साको धोबिनी, जगरनाथपुर र विन्दावासिनी गाउँपालिका कर्मचारीहरुले पनि तलब पाउन सकेका छैन । यी गाउँपालिकाहरुको पनि दोस्रो गाउँ सभा नभएका कारण साउन महिना देखि तलब खुवाउन नसकिएको प्रमुख प्रशासकिय अधिकृतहरुले वताएका छन । तलब नपाउदा कर्मचारीहरु मर्कामा परेका कारण जनप्रतिनिधिकरु प्रति आक्रोसित समेत देखिएका छन । जनप्रतिनिधिहरुको स्वार्थ पुरा नभएका कारण गाउँ सभाहरुमा ढिलाई भएको छ ।

छिपहरमाई गाउँपालिकाकाे मिर्जापुरमा अागलगी

पर्सा, १६ असोज ।
छिपहरमाई गाउँपालिकाको वडा नं. १, मिर्जापुरमा सोमबार राती आगलगी भएको छ । राती करिब १०:३० बजे भएको आगलगीमा स्थानिए नागिन्द्र यादवको फुसको घर पुर्ण रुपले जलेर नष्ट भएकाे प्रहरीले जनाएको छ ।

आगलगिबाट कुनै मानविय क्षति नभएको प्रहरी चौकी मिर्जापुरका प्रहरी सहायक निरीक्षक हसमुदिन मियाले वताए । स्थानिय र प्रहरिको सहयोगमा आगो नियन्त्रणमा आएको उनले जानकारी गराए ।

जिराभावानीमा नेपाली कांग्रेसको कार्यकर्ता भेला सम्पन्न

वीरगंज, १५ असोज ।
नेपाली कांग्रेसको आज जिराभवानी गाउँपालिकाको सेढवामा कार्यकर्ता भेला सम्पन्न भएको छ । गाउं समितिको आयोजनामा गाउँपालिका स्तरिय कार्यकर्ता भेला सम्पन्न भएको हो ।

भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले बिकास निर्माणको कामको लागि स्थानिय तहलाई खबरदारी गर्नु पर्ने वताए ।

स्थानिय तहहरुमा भइरहेको गलत कामको बिरोध गर्नु पर्ने र सही कार्यमा सहयोग गर्नु पर्ने कार्यकर्ताहरुलाई आग्रह गरे ।

गाउँपालिका संयोजक दिनेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य शंकर चौधरी, नेपाली कांग्रेसका नेता डा. कृपा सिन्दु, बृहस्पती कृष्ण श्रेष्ठ, बशिष्टनारायण कुर्मी, श्रीकान्त यादव, प्रेम थापा, जरी लामा लगायतकाले मन्तव्य राखेका थिए ।

अधिकारकर्मीद्वारा बालिका सुरक्षाको ९ बुँदे माग सहितको प्रधानमन्त्रीलाई ध्यानाकर्षण

वीरगंज, १५ असोज ।
देशभर बालिका र महिलामाथि बलात्कार, बलात्कार पछि हत्या र एसीड आक्रमणका घटना बढेपछि अधिकारकर्मीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका छन् । पर्सा जिल्लालगायत विभिन्न जिल्लाबाट क्रियाशील महिला अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

महिला अधिकार मञ्चमा आवद्ध अधिकारकर्मीहरु जिल्लामार्फत प्रधानमन्त्रीलाई ९ बुँदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएका हुन्
पर्सामा प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको अधिकारकर्मी कोपिला चौलागाईले बताइन् ।

‘८ महिनाको नाबालकदेखि जेष्ठ नागरिकमाथि, आफ्नै बाबुले छोरीको बलात्कार गरेको घटना बाहिरएको छ । यो लज्जाको विषय हो,’ उनले भनिन्, ‘२१ औं शताब्दीमा पनि महिला बालिकामाथि हुने यस्ता अमानवीय, अमर्यादित, पासविक घटना घटिरहँदा महिला घरभित्र र बाहिर कतै सुरक्षत छैनन भन्ने पुष्टि भएको छ । सुरक्षाका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हौं ।’

महिला अधिकार मञ्चको ३७ जिल्लामा शाखा छ । प्रहरी प्रधान कार्यालयको तथ्याङकअनुसार अघिल्लो आर्थिक वर्षमा ११ सय ३७ र आर्थिक वर्ष ०७४/७५ मा १४८० वटा बलात्कारका घटना दर्ता भएका छन् ।

नेपाल सरकारले महिलामाथि हुने सबै प्रकारको भेदभाव उन्मुलन सम्बन्धी महासन्धी र अन्य मानव अधिकार सम्बन्धी महासन्धीमा हस्ताक्षर गरेर प्रतिबद्धता जनाउनुको साथै महिला हिंसाविरुद्ध शून्य सहनशिलताको नीति अपनाएको भएपनि व्यवहारमा त्यस्तो नदेखिएको आरोप उनीहरुको छ ।

वीरगंज महानगरपालिकाले वीरगंज बसपार्क रोडमा राखिएको जिर्ण बसको बडी हटाउदै

वीरगंज महानगरपालिकाले वीरगंज बसपार्क रोडमा राखिएको जिर्ण बसको बडी हटाउदै । रोड मिचेर राखिएको बडी महानगरपालिकाले जफत पनि गरेको छ । तस्वीर : राहुल गुप्ता

राष्ट्रसंघमा भारतीय विदेशमन्त्रीले गरिन् पाकिस्तानको चर्को आलोचना

१३ असोज, काठमाडौं ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले संयुक्त राष्ट्रसंघ महासभामा पाकिस्तानको चर्को आलोचना गरेकी छन् । साथै राष्ट्रसंघको भूमिकामाथि पनि प्रश्न उठाएकी छन् । महासभाको ७३ औं सत्रलाई सम्बोधन गर्दै भारतीय विदेशमन्त्री स्वराजले पाकिस्तानमाथि आतंकवादलाई बढाएको आरोप लगाएकी छन् ।
ओसामा विन लादेन मारिएपछि सबै तथ्य बाहिर आएपनि पाकिस्तानलाई कुनै ग्लानी नरहेको भन्दै उनले भनिन्, ‘९/११ का मास्टरमाइण्ड त मारिए तर, २६/११ का मास्टरमाइन्ड हाफिज सइद अहिले पनि पाकिस्तानमा चुनाव लडिरहेका छन् । भारतले कयौं पटक पाकिस्तानसँग कुरा गर्न खोजेको तर, एकपछि अर्को आक्रमण भएको उनले बताइन् ।

विदेशमन्त्री स्वराजले भनिन्, पाकिस्तान आतंकवादीहरुलाई स्वतन्त्र सेनानी भनिरहेको छ । जसले हामीमाथि आक्रमण गर्छ, उसलाई बहादुर घोषणा गरेर सम्मान गर्छ ।’ उनले राष्ट्रसंघको भूमिकामाथि प्रश्न उठाउँदै आतंकवादलाई परिभाषित गर्न आग्रह समेत गरेकी छन् । भारतीय विदेशमन्त्री स्वराजले भनिन्, ‘राष्ट्रसंघको गरिमा र उपयोगिता समयसँगै कम भइरहेको छ । राष्ट्रसंघमा सुधार आवश्यक छ ।’

वीरगंज बसपार्कमा यात्रु सहायता कक्षको उदघाटन

वीरगंज, १५ असोज ।
वीरगंजको बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । ट्राफिक नियमको पालना गरौं दशै तिहार र छठ पर्व सुरक्षित साथ यात्रा गरौं नाराका साथ स्थापना गरिएको सहायता कक्षको आज एक कार्यक्रमको बिच उदघाटन गरिएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले सहायतका कक्षका उदघाटन गरेका हुन । सहायता कक्षको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले यात्रुहरुलाई समस्या भएको सहायता कक्षमा उजरी गर्न सकिने वताए ।

उदघाटन समाहरोहमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक रेवती ढकाल, वीरगंज महानगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत िभषम कुमार भुषाल लगायतकाको उपस्थिती रहेको थियो ।

कतार र बेलायतको सहयोग पाएर राम परिवार हर्षित

रौतहट, १५ असोज ।
कतार र बेलायतको सहयोग पाएर अपाङ्ग परिवार नै हर्षित भएको छ । श्रम गर्न खाडीमुलुक कतारमा विगत १५ वर्ष देखि रहेका महोतरी जलेश्वर निवासी बद्रीनाथझाले रौतहटको परोहानगरपालिका–७ नरकटिया खापका असहाय दुवै खुट्टाले अपांग ३६ बर्षीय उपेन्द्र राम चमारलाई ट्रायल साईकल सहयोग गरेका छन् ।

महोतरी निवासी युवा समाज सेवीझाले आफू प्रवासमा रहेर पनि नेपालको एक पीडितलाई सहयोग गर्न पाउँदा आनन्दित भएको बताएका छन् । ‘म पहिलादेखि नै अपांगता, असहाय, गरिब भएका व्यक्तिलाई सहयोग गर्न मन पराउने मान्छे हुँ ।

नेपाल आएको बेला उनीसँग भेट्ने मौका पाए अझ खुशी महसुश हुनेछ । अपांगता भएका रामको जिवनमा यसबाट केही परिर्वतन होस भन्ने मात्र सोचले सानो सहयोग गरेको बताए ।’सोही परिवारमा दुवै खुट्टाले अपांग ११ बर्षीय मुस्कान राम चमार लाई मुकुन्द फुयालको छोरा मिलिन्ड फुयालले यु.के बेलायतबाट कोशिश फाउण्डेसन मार्फत ह्वलचेयर सहयोग गरेका छन ।

रामको घरको आर्थिक अवस्था निकै कमजोर भएकाले अरु बालबालिका जस्तै घर बाहिर वा विधायल जानचाहेर पनि जान्न चाहना हुदाहुदै पनि कुनै सुविधा उपलब्ध परिवारबाट हुन नसकेकाले दिनभरि घरमा बसेर नै जिवन बिताउ छिन । अब ह्वेल चेयर पाए पछि विधालय र साथीहरु सँग रमाउन पनि सजिलो भएकोले सहयोगी दातालाई मुरिमुरि धन्यवाद समेत रामको आमाले दिईन ।

वालविवाह तथा दाइजो रोक्न तयार छु भन्दै हस्ताक्षर

वीरगंज,१४ असोज | बालविवाह तथा दाइजो प्रथा अन्त्यका लागि आज वीरगंजमा हस्ताक्षर अभियान तथा सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभाकक्षमा भएको कार्यक्रममा सरोकारवालाहरुले दाइजो प्रथा रोक्न हस्ताक्षर गरी प्रतिबद्धता जनाएका छन ।