Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

चितुवाको छाला सहित एक पक्राउ

spot_img
spot_img

बारा २३ जेठ ।
जिल्ला प्रहरी कार्यालय बाराले चितुवाको छाला सहित एक जनालाई पक्राउ गरेका छन् ।जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय जीतपुरवाट खटिएको टोलीले पक्राउ गरेको हो ।

हेटौडा तर्फवाट वीरगंज लादै गरेको अवस्थामा बुधवार बेलुका साढे चार बजे जीतपुरसिमरा सडक खण्डमा चेकजाचँको क्रममा पक्राउ परेका हुुन ।पक्राउ परेका प्रदेश न ३ का मकवानपुर जिल्ला बकैया गाउपालिका वडा नं २ का लालबहादुर गोलेका छोरा सोम बहादुर गोले रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रर्वाता रंजित सिंह राठौरले बताए ।

पक्राउ परेका गोलेबाट चितुवाको छाला एक थान र चार वटा दाँत फेला परेको छ । बरामद छाला,दाँत र अभियुक्तलाई आवश्यक कारवाहीको लागी सम्वन्धित निकाय डिभिजन वन कार्यालय बारा सिमरा मुख्यालयमा बुझाउने राठौर जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...