Date
सोम, असार १५, २०८३
Mon, June 29, 2026

वातारणको समस्याले ठूलो विकराल रुप लिदै :-मेयर सरावगी

spot_img
spot_img

बीरगंज,२२ जेठ ।

आज विश्व वातावरण दिवस । “हाम्रो जिवजन्तु, हाम्रो वातावरण र राम्रो वातावरण, राम्रो वतावरणको संरक्षण गरौं” भन्ने नाराका साथ वीरगंजमा पनि विभिन्न कार्यक्रम गरी मनाईंएको छ । हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउने गरिएको छ । विश्वव्यापी रुपमा यो दिवस अवसरमा वृक्षा रोपण तथा सचेतना र्याली गरेको छ । जि एच पी स्कुलको आयोजनामा विश्व वातावरण दिवसको कार्यक्रमका प्रमुख अथिती वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले आफनो मन्तव्य व्यक्त गदै भने वातारणको समस्याले ठूलो विकराल रुप लिदैछ ।

ठूला ठूला सहरहरुमा स्वच्छ हावा लिनका लागि च्याम्बरर्सहरु बनाइएको छ, भोलिको दिनमा वीरगन्जमा यस्तो समस्या आउन नसक्ला भन्ने भन्न सकिदैन भन्दै सरावगीले आजैदेखि हामी वातावरणमा ध्यान दियौं भने त्यस्ता अवस्थालाई पक्कै रोक्न सकिने बताए । उनले फोहरमैलाको विषयमा पनि हामीले घरबाहिर फोहर फाल्ने बानी छ, तर त्यसलाई व्यवस्थित तरिकाबाट कसरी डिस्पोज गर्न सकिन्छ भन्ने तर्फ लाग्नुपर्ने भन्दै ग्रामीण भेगमा विरुवाहरु बाड्ने काम भइहेको छ, एक व्यक्तिले दुई दुई वटा विरुवाहरु रोप्न सक्यो भने यसले भोलिका दिनमा वातावरणहरुमा पक्कै सहयोग पुग्ने बताए ।

घरबाट दुई किसिमको फोहर निस्कन्छ, एउटा कुहिने र एउटा नकुहिने, त्यसलाई छुट्याएर कुहिने फोहरबाट मल उत्पादन गर्नुपर्ने भन्दै कुहिने फोहरबाट जो पनि घरमै मल बनाई प्रयोग समेत गर्न सक्ने बताए । फोहरबाट कहिलेपनि नराम्री हुँदैन, तर फोहरलाई हामी व्यवस्थित गर्न सकि रहेको छैन, फोहरलाई सदुपयोग गर्न सक्नुपर्छ, यो महानगरपालिकाको मात्र दायित्व होइन, जसले फोहर गर्छ त्यसले पनि फोहरलाई व्यवस्थित गर्नसके चाँडै महानगर फोहरमुक्त हुने बताए । फोहरलाई फोहर होइन, मोहरको रुपमा प्रयोग गर्न सक्नुपर्छ, वीरगन्ज महानगरपालिकाले महानगरभित्रबाट निस्कने फोहरलाई व्यवस्थापनको लागि निजी क्षेत्रलाई जिम्मा लगाई सकेको छ, तर महानगरपालिकाले मात्र नहुने भएकोले फोहर व्यवस्थापनका निम्ति सबैले आआफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

लायन्स क्लब अफ वीरगंजको नेतृत्व दिगम्बर थापालाई, पद हस्तान्तरण सम्पन्न

वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज परिवारको लायन वर्ष (LY) २०२५–२६ को पद हस्तान्तरण तथा लायन वर्ष २०२६–२७ को पदभार ग्रहण कार्यक्रम आइतबार वीरगञ्जस्थित...

मदन भण्डारीको ७५औँ जन्मजयन्तीमा ‘जबज’को सान्दर्भिकतामाथि विमर्श

वीरगञ्ज । नेकपा एमालेका नेता तथा पूर्व खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले वर्तमान राजनीतिक परिवेशमा जनताको बहुदलीय जनवाद (जबज) को सान्दर्भिकता झन् बढ्दै गएको बताएका छन्। मदन...

सशस्त्र प्रहरीको सक्रियता : पर्सामा २३ लाखका तस्करीका सामान नियन्त्रणमा

वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले विभिन्न सीमा क्षेत्रबाट भन्सार छली गरी ल्याइएका तथा लैजाँदै गरिएका करिब २३ लाख...