Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

नगद २ लाख ९९ हजार ५०० रुपैयाँसहित २ जना नियन्त्रणम

spot_img
spot_img

वीरगंज २३ जेठ ।
जिल्ला प्रहरी कार्यालय पर्साले २ जना हुण्डी कारोबारीलाई नियन्त्रणम लिएको छ । भारतको रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको अवस्थामा उनीहरुलाई पर्सा प्रहरीले वीरगज महानगरपालिका १६ रजतजयन्ती चौकबाट नगद २ लाख ९९ हजार ५०० रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
नियन्त्रण हुनेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ पहाडीटोलका २२ वर्षीय रोशन साह र भारतको बिहार जिल्ला मोतिहारी ग्राम पंचायत सुगौली वडा नं. १० का २२ वर्षीय सौरभ कुमार रहेको छन् ।उनीहरुको साथबाट दुईवटा मोवाइलसमेत बरामद गरी र थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...