Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

दूतावास विरगंजको संयुक्तमा १ सय २५ वटा वृक्ष रोपण

spot_img
spot_img

वीरगंज,२२ जेठ ।
ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र र भारतीय महावाणिज्य दूतावास विरगंजको संयुक्त आयोजनामा १ सय २५ वटा वृक्ष रोपण कार्य भएको छ ।बुधवार ५ जुनका दिन विश्व भरीनै विश्व पर्यावरण दिवस मनाई रहेको बेला ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र र भारतीय महावाणिज्य दूतावास विरगंजको संयुक्तमा वीरगंजको आर्दशनगरमा बृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अथिती वीरगंज महानगरपालिकाका मेयर सरवागी कार्यक्रममा आफ्नो भनाई राखदै भने ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र र भारतीय महावाणिज्य दूतावास विरगंजको संयुक्त कार्य वातावरणका लागी सराहनी कार्य भएको यसलाई निरन्तरता दिएकोमा हाल आर्दश क्षेत्रमा वृक्षको हरीयाली देखन पाइएको छ ।कार्यक्रमा पर्साका जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई,पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर, भारतीय महावाणिज्य दूतावास विरगंजका महावाणिज्यदूत बीसी प्रधान लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य,समाजसेवी,शिक्षक,वीद्यार्थी र स्थानीयको सक्रियतामा बृहत वृक्षरोपण भएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...