Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

महान पर्व इद उल फित्र  बुधबार धुमधामका साथ वीरगंजमा मनाइयो

spot_img
spot_img

वीरगंज,२२ जेठ ।
मुस्लिम धर्मावलम्बीहरुको महान पर्व इद उल फित्र  बुधबार धुमधामका साथ मनाइँएको छ । एक महिनादेखि चल्दै आएको रोजा पवित्र पर्वको अन्तिम दिन आज बिहान सामूहिक नमाज पढेपछि एक आपसमा खुशी साटासाट गरेको छन् ।
छपकैया मस्जिदका मौलाना अलि असगर मदिनीले पौने ९ बजेदेखि आधा जति सामूहिक नमाज पढेर हर्षोल्लासका साथ मनाउन गरीएको जानकारी दिनु भयो । वीरगंजको छपकैया, मुर्ली, गण्डक बहुअरी लगायतका विभिन्न स्थानमा रहेको इदगाह र मस्जिदमा पेगी सामूहिक नमाज पढेर यो पर्व मनाउने गरिएको हो।
मौलाना मदिनीका अनुसार मोहम्मद पैगम्बरको आर्शिबादले नेकी र धार्मिक विश्वासका साथ यो पर्व मनाउने भएकोले परिवार, समाज र राष्ट्रसँगै विश्वलाई शान्ति र भलाइको मार्गमा र्डोयाउने तथा एक आपसमा प्रेम सद्भाव बढाउने जनविश्वास रहेको छ । हरेक वर्ष पर्ने यस पर्वमा बिहान ४ बजेभन्दा अगावै शेहरी खाएर दिनभर रोजा बसिन्छ। साँझ सूर्य अस्ताउने समयमा इफतारी खोलेर रातभरी अन्न तथा पानी खान सकिन्छ। मदिनीले यस कठोर पर्वमा रोजा बसेको बेला थुक निल्न सकिने तर पानी र अन्न खाए रोजा टुट्ने बताए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...