Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

महानगरले अपाङ्ग र रात्री बिधालय बन्द गरेकोमा उपप्रमुख कार्कीको आपती

spot_img
spot_img

२३ जेष्ठ
बिरगंज महानगरपालिकाले अपाङ्ग बिधालय र रात्री बिधालय बन्द गरेकोमा बिरगंज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले आपती जनाउनु भएको छ ।

विहीवार पर्सा बहिरा महासंघले बिरगंजको एभरेष्ट होटलमा आयोजना गरेको बहिराहरुका समाजिक र न्याय पहुचका लागी एक दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै आपती जनाउनु भएको हो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा संबोद्धन गर्दै बिरगंज महानगरले हरेक ब्यक्तिका लागी काम दिने योजना राखेको पनि बताउनु भएको छ ।

बहिरा महासंघका लागी छुटै किसिम्मले ब्यवस्थापनका लागी महानगरले ५ लाख रकम छुटयाएको र आउदो योजनामा पनि बजेट छुटयाउने प्रतिबद्धता गर्नु भएको छ । बहिरा महासंघ पर्साका अध्यक्ष सगुन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले बहिराहरु संचारबाट बंचित, चेतनाको कमी, दोभासेको ब्यवस्थाबाट बंचित, सवारीसाधनमा छुटको ब्यवस्थाबाट बंचित, स्वास्थ्य उपचार निशुल्क नभएको र सरकारी तथा गैरसकारी निकायमा बहिराहरुको पहुच नरहेको बताएका छन ।

पर्सा जिल्लामा अपांगहरुका लागी ५ वटा बिधालयहरुमा पढाईको ब्यवस्थापन भए पनि बजेटको अभावले गर्दा गुणस्तरिय शिक्षा पाउन नसकेको अवस्था बिरगंज महानगरपालिकाका शिक्षा समन्वय ईकाई प्रमुख अरबिन्दलाल कर्णले बताउनु भएको छ । २०६८ सालको जनगणनाको तथ्यांक अनुसार पर्सा जिल्लामा ४ सय ६ जना अपांग रहेको तथ्यांक भए पनि बहिरा कति जना छन भने अकिन नभएको जनाईएको छ । नेपालको ४४ वटा जिल्लामा मात्रै यो कार्यक्रम लागु भएको छ भने ८ वटा जिल्लामा लागु हुने तैयारी रहेको कार्यक्रम संयोजक शंकर सिंहले बताउनु भएको छ । कार्यक्रममा अधिवक्ता अयुव खा, बहिरा संघका सचिव अर्जुन कर्ण, दोभाषे मिना श्रेष्ठ, प्रध्यापक हरेराम ठाकुर, बिरगंज महानगरपालिकाकी महलिा तथा बालिबालिका शाखा प्रमुख सबिता साह लगायतकाले आआफना धारणा राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...