Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

तिव्र गतिको मोटरसाईकल अनियीनत्रीत भई ठोकिदा श्रीमतीको मृत्य

spot_img
spot_img

२३ जेष्ठ
पर्साको गदौल पुलमा हिजो ठक्कर लागेर मोटरसाईकलमा सवार श्रीमान श्रीमती मध्ये एकको मृत्यु भएको छ । मोटरसाईकल ठक्करमा सवार धाइते मध्ये श्रीमतीको उपचारको क्रममा गए राती १२ बजे नारायणी उपक्षेत्रिय अस्पतालमा मृत्य भएको छ ।पोखरिया बिरगंज सडकखण्ड अन्तर्गत बिन्दवासिनी १ गर्दौल पुलमा मोटरसाईकल ठोकिदा गम्भीर घाईते भएकी पोखरिया नगरपालिका वडानम्बर ६ श्रीसिया निवासी नितेश सहनीकी श्रीमती रम्भा देवी सहनीको मृत्यु भएको हो ।

हिजो आफनै निवास श्रीसियाबाट बिरगंज जाने क्रममा तिव्र गतिमा रहेको मोटरसाईकल अनियीनत्रीत भई ठोकिदा २७ बर्षीय श्रीमान नितेश सहनी र २१ बर्षीय रम्भा सहनी घाईते भएका थिए । घाईते दुबै जनालाई प्रहरीले उद्धार गरी नारायणी उपक्षेत्रिय अस्पतालमा भर्ना गराए पनि राती १२ बजे टाउकोमा गम्भीर घाईते भएकी रम्भाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक मछिन्द्र केसीले बताउनु भएको छ ।

आफनै निजी मोटरसाईकल ना. ११ प. २१८१ नम्बरको मोटरसाईकलमा सवार श्रमान श्रीमती मध्यै श्रीमतीको ज्यान ज्यादा अति नै दुखित मुदा्रमा उपचारार्थ नितेशले आफनो श्रीमती गुमाएका हुन । पोखरीया बिरगंज सडकखण्डमा मोटरसाईकल चालकहरुले गतिमा गुडाउदा धेरै घटना घटे पनि केही दिनका लागी प्रहरीले मात्रै जाच शुरु गरेको थियो । ट्राफिक प्रहरीले गतिलाई नियन्त्रणमा गरे घटनामा केही कमी आउने स्थानीयको भानाई रहेकोे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...