Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

जिराभवानीमा कर्मचारी र जनप्रतिनिधि बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न

spot_img
spot_img

वीरगंज, २४ जेठ ।
पर्साको जिराभवानी गाउँपालिकाको कर्मचारी र जनप्रतिनिधि विच आज मत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा सुपौली फिल्डमा भएको फुटबल प्रतियोगितामा कर्मचारी ६-१ गोलले जनप्रतिनिधिलाई हराउदै विजयी भएको छ ।

कर्मचारिको तर्फबाट राम कुमार यादव ३ गोल, संजय पटेल २ गोल र राम कुमार महतोले एक गोल गरेका थिए भने जनप्रतिनिधिको तर्फबाट राधेश्याम राय थारु एक गोल हानेका थिए । जनप्रतिनिधि टिम गाउँपालिका अध्यक्ष रामपृत महतोको नेतृत्वमा र कर्मचारि टिम प्रमुख प्रशासकिय अधिकृत अमित गिरिको नेतृत्वमा फिल्डमा उत्रेको थियो ।

खेलले जिराभवानीको जनप्रतिनिधि र कर्मचारी बिचको सम्बन्ध अझै प्रगाढ हुने छ । बिजयी कर्मचारीलाई गाउँपालिका अध्यक्ष महतोले सिल्ड समेत हस्तान्तरण गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...