Date
आइत, जेष्ठ ३१, २०८३
Sun, June 14, 2026
Home Blog Page 1117

डाक्टर सिके राउत रौतहटको गाैरबाट फेरी पक्राउ

राैतहट, २१ असाेज ।

देश टुक्र्याउने अभिव्यक्ति दिएर भूमिगत भएका डाक्टर सिके राउतलाई प्रहरीले रौतहटको सदरमुकाम गौरबाट पक्राउ गरेको छ ।

अदालतको तारेखमा आएका राउतले अदातलबाट निस्केपछि देश टुक्र्याउने अभिव्यक्ति दिँदै नारा लगाएर हिँडेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीसँगै अन्य दुईजना पनि पक्राउ परेका छन् । उनका सहयोगी रामेश्वर राय यादव र सञ्जय स्वराजलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । विभिन्न आवाञ्च्छित गतिविधि गर्दै नाराबाजी गरेर अदालतबाट निस्केका राउतलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीविरुद्ध अदालतमा मुद्धा परेकाले उनी त्यही मुद्धाको तारेखमा अदालतमा उपस्थित भएका थिए । उनलाई देश द्रोहको मुद्धा चलाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यलय रौतहटका डीएसपी  महेन्द्रप्रसाद मरासयनीले जानकारी दिए ।

राउतलाई छुटाउन उनका समर्थक जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना समेत दिएका थिए । राउत केही दिनअघि स्वतन्त्र मधेशको नारा दिँदै प्रहरी अगाडि नै भाषण गरेर भूमिगत भएका थिए ।

गएको असोज ३ गते प्रशासनलाई चुनौती दिँदै सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले जनकपुरमा  संविधान दिवस विरोधी कार्यक्रम गरेका थिए ।

स्वतन्त्र मधेसको अभियानमा लागेका डाक्टर सिके राउत नेतृत्वको मधेस गठबन्धको पूर्व घोषित कार्यक्रमलाई असफल पार्न प्रहरीले दुई दिन अघिदेखि नै कार्यकर्तालाई धडपकड सुरु गरेको थियो ।

कडा सुरक्षाका बाबजूद मधेस गठबन्धनका सयौँ कार्यकर्ताले  जनकपुरमा प्रदर्शन गरेका थिए भने प्रहरीको विशेष खोजी सूचीमा रहेका गठबन्धका संयोजक सिके राउत रामानन्दचोकमा प्रहरी प्रशासनकै अगाडि कोणसभालाई झण्डै २० मिनेट सम्बोधन गरेर पुनः भूमिगत भएका थिए ।

राउतको त्यो अभिव्यक्ति असामान्य भएको र सरकारले राउतलार्इ पक्राउ नगरेको भन्दै सरकारको आलोचना भएको थियो । प्रहरीले पक्राउ गरेको राउतकाे साथमा उनकाे ४ वर्षिय छोरी पनि रहेको बताईएको छ ।

गैससहरुको स्थान, भुमिका र चुनौति विषयक प्रदेश स्तरिय छलफल कार्यक्रम जनकपुरमा सम्पन्न

जनकपुर, २१ असोज ।
गैससहरुको स्थान, भुमिका र चुनौतिहरुमा प्रदेश स्तरिय छलफल कार्यक्रम आज जनकपुरमा सम्पन्न भएको छ ।  नागरिक संस्थाहरुको सवल वातावरण निर्माणको लागि छलफल गर्न जनकपुरको होटल सिटी स्टारमा भएको कार्यक्रम सम्पन्न भएको हो ।

गैसस महासंघ नेपाल प्रेश नं. २ का अध्यक्ष धिरेन्द्र सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ प्रदेश नं. २ का अध्यक्ष मनोज सुनुवार, अपाङ्ग महासंघ प्रदेश नं. २ का अध्यक्ष किरण पासवान, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का महासचिव किरण कर्ण लगायत महासंघका प्रदेश पदाधिकारी, जिल्ला अध्यक्षहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रदेश समाजिक विकास ऐन २०७५ बारे गैसस महासंघ नेपालका केन्द्रिय सदस्य एवं प्रदेश नं. २ का इन्चार्ज रामचन्द्र साहले प्रस्तुती गरेका थिए । गैर सरकारी संस्था महासंघ नेपाल प्रदेश नं. २, जनकपुरधामले आयोजना गरेको कार्यक्रममा स्वागत मन्तव्य महासंघका प्रदेश उपाध्यक्ष नागेन्द्र दुवेले गरेका थिए ।

नेवि संघ ठा.रा.ब. द्वारा दशैं, दिपावली तथा छठ पर्वको सुभकामना आदानप्रदान

वीरगंज, २१ असोज ।
नेवि संघ ठा.रा.ब. एकाई समिति वीरगंजको आयोजनामा आज वडा दशैं, दिपावली तथा छठ पर्वको सुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

ठाकुर राम क्याम्पसमा भएको कार्यक्रममा हिन्दुहरुको महान चाड वडा दशैं, शुभ दिपावली नेपाल सम्बत ११३९ र छठ पर्वको सुभकामना अदानप्रदान गरिएको थियो ।

ठा.रा.ब. एकाई समितिका अध्यक्ष मनोज साहको अध्यक्षतामा र नेपाली कांग्रेसका नेता जनार्धन सिंह क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्की, नेता श्याम पटेल, रामरुप कुर्मी, रामनारायण कुर्मी, इमतियाज आलम, विजय सराफ, बैकुण्ठ श्रीवास्तव, ललन द्विवेदी, दिलिप राज कार्की, बद्री तिवारी, राकेश यादव, जिवनसापकोटा, वडा अध्यक्ष रामनगिना साह कानु लगायतको सहभागिता रहेको थियो ।

आलोक चौरसियाकोे अध्यक्षतामा कम्प्युटर एसोसिएसन महासंघ पर्साको नयाँ कार्य समिति गठन

वीरगंज, २० असोज ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) पर्साको शनिबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले आलोक चौरसियाकोे अध्यक्षतामा सर्वसमतबाट नयाँ कार्यसमिति गठन गरिएको छ ।

वीरगंज स्थित रोयाल पार्टी प्यालेसमा आज सम्पन्न महासंघको प्रथम साधारण सभा तथा अधिवेशनबाट चौरसियाको नेतृत्वमा सर्वसमतबाट १३ सदसीय नयाँ कार्यसमिति गठन गरिएको हो ।

नव गठित कार्यसमितिको उपाध्यक्षमा प्रशान्त कुमार, सचिवमा अमरेश सिंह, सह सचिवमा गणेश सर्राफ, कोषाध्यक्षमा पुर्णिमा ताम्राकार, सदस्यमा सिम्रन सिंह परियार, दिपक साह, संजय कुमार कुर्मी, जीवन प्रकाश गुप्ता, धनन्जय कुमार चौरसिया तथा सल्लहाकारमा रविन्द्र साह र निलेश वैध रहेका छन् ।

क्यान महासंघका केन्द्रिय सभापति हेमन्त चौरसियाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रधायापक डा. उमेश कुमार चौरसिया, क्यान महासंघका केन्द्रिय उपाध्यक्ष नवराज कुँवर, केन्द्रिय सदस्य गोपाल श्रेष्ठ, दिपेन्द्र राज, प्रदेश २ अध्यक्ष बाल कृष्ण श्रेष्ठ, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जार, सचिव युवराज खड्कालगयातले आफ्नो मन्तब्य राखेका थिए ।

वीरगंजकाे माईस्थानमा भएकाे रक्तदान कार्यक्रममा २ महिला सहित २४ जना द्वारा रक्तदान

वीरगंज, २१ असाेज ।
बीरगंजकाे माईस्थानमा आज भएको रक्तदान कार्यक्रममा २ जना महिला सहित २४ जनाले रक्तदान गरेका छ्न । पर्सा बिधुतिय ब्यवसायी संघ, वीरगंजकाे अायाेजना भएकाे माईस्थान पार्कमा भएको रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गरेको नेपाल रेडक्रस रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले जानकरी गराए ।

व्यवसायी संघका अध्यक्ष कृष्ण पटेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पप्पु पटेल, जितेन्द्र प्रसाद कुर्मी, आरती सहनी, आशिष कुमार चौधरी, मनोज लामा, अनिल गुप्ता, उपेन्द्र साह, प्रमोद शर्मा, मनिष कुमार बर्णवाल, राज गुप्ता लगायतकाले रक्तदान गरेका छन ।

तेरापंथ महिला मण्डलद्वारा वीरगंजमा अायाेजित श्री उत्सव मेला सम्पन्न

वीरगंज, २० असाेज ।
वीरगंज तेरापंथ महिला मण्डलद्वारा शनिबार वीरगंजमा श्री उत्सव मेलाको आयोजना गरिएको थियाे । पर्यावरण मुखी चाड पर्व मनाउने बारे जानकारी गराउन अखिल भारतीय तेरापंथ महिला मण्डलको निर्देशनमा वीरगंज शाखाले वीरगंज स्थित तेरापंथ भवनमा कार्यक्रमको आयोजना गरेको थियाे ।

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्धिको प्रमुख आतिथ्य र प्रदेशसभा सदस्य रागिनी देवी बरनवाल, भारतीय महा वाणिज्य दुत राजेश कुमार चुतुर्वेदी, उद्योगि तथा समाजसेवी अशोक वैधको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा वातावरण मुखी चाड पर्व मनाउनेलगायात विभिन्न विषयहरुमा चर्चा भएको थियो ।

मेलाको अबलोकन गर्दै प्रमुख अतिथि मुख्यमन्त्रि लालबाबु राउत गद्दीले प्रदुषणबाट हुने हानिका बारे चर्चा गर्दै यसलाई नियुनिकरण गर्न सबैले हातेमालो गर्न आवश्य रहेको बताए । उनले प्रदेश सरकारद्वारा संचालित हरित प्रदेश आयोजना प्रदुषणआई नियुनिकरण गर्ने उद्द्येशले पनि महत्वपूर्ण रहेको तर्क गरे ।

महिला मण्डलका सदस्यहरुद्वारा प्रेरणा आरती गरि सुरु गरिएको कार्यक्रममा विशेष अतिथि उद्योगि प्रदेशसभा सदस्य रागिनी बरनावाल, भरातीय महावाणिज्य दुत राजेश कुमार चतुर्वेदी, विशेष अतिथि उद्योगि अशोक वैधलगयात उपस्थित अतिथिहरुले वातावरन मैत्री चाड पर्व मनाउने तरिकाका बारे चर्चा गर्दै सबैलाई कम प्रदुषण हुनेगरी चाड पर्व मनाउन आग्रह समेत गरे ।

कार्यक्रममा स्वगात मन्तव्य महिला मण्डलीकि अध्यक्ष सुमन वैध गरेकी थिइन भने सल्लहाकार किरण देवी मणोतले मायाको चिन्हो प्रदान गरेकी थिईन । कार्यक्रमको संचालन दीपशिखा गान्धीले गरेकी थिईन ।

व्यवस्थित वीरगञ्ज अभियान अन्र्तगत नारायणी अस्पतालको सरसफाई

वीरगञ्ज, २० असाेज ।
वीरगञ्जको नारायणी उपक्षेत्रिय अस्पतालमा शनिबार बिहान सरसफाई गरिएको छ । व्यवस्थित वीरगञ्ज अभियान अन्तर्गत अस्पतालको सरसफाई गरिएको अभियानका संयोजक दिलिपराज कार्कीले बताए ।

वीरगञ्जलाई व्यवस्थित बनाउन नागरिक स्तरबाट थालिएको अभियान मार्फत साप्ताहिक रुपमा सार्वजनिक स्थलको सरसफाई गर्ने अभियान अस्पतालबाट शुरु गरिएको उनको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्याल, प्रहरी उपरीक्षक रेवती ढकाल लगायतकोे सहभागीतामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगरपालिकाका सरसफाई कर्मचारी, व्यवस्थित वीरगञ्जका अभियन्ता, स्थानीय जनप्रतिनीधिहरु समेतको सहभागीतामा सरसफाई गरिएको थियो ।

अस्पतालको क्वाटरमा बस्ने चिकित्सक, स्टाफ नर्स लगायत अन्य कर्मचारीहरुले समेत सरसफाईमा ध्यान नदिने गरेको पाईएको छ । क्वाटरहरुको नियमित सरसफाई नभएका कारण घरहरुमा झाडी बुट्यान उम्रिएको, क्वाटर वरपर झाडी बनेको, जथाभावी फोहोर देखिएको वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्म भुषालले बताए ।

प्रमुख जिल्ला अधिकारी पौड्यालले अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा एनामुल हकलाई कर्मचारीहरुलाई बोलाएर बसोबास गरिरहेको ठाउँको सरसफाईका बारेमा ध्यान दिन लगाउन निर्देशन दिएका छन् ।

व्यवस्थित वीरगंज अभियान अन्तर्गत असोज २ गतेदेखी वीरगंजमा ट्राफिक व्यवस्थापन, छाडा चौपाया नियन्त्रण, टेम्पो, इरिक्सा व्यवस्थापन र व्यवस्थित पार्किगका लागि काम भैरहेको छ ।
सोही क्रममा सातवटा छाडा चौपाया पनि नियन्त्रणमा लिइएको छ । वीरगञ्जको मुर्ली सातवटा घोडालाई नियन्त्रणमा लिएको अभियानका सह संयोजक प्रकाश खेतानले बताए ।

पोखरीया नगरपालिकाको दोस्रो नगर सभा बाट परित निति, बजेट तथा कार्यक्रम सार्वजनकि

पाेखरिया,२० असोज ।
पर्साका पोखरीया नगरपालिकाको दोस्रो नगरसभा बाट परित निति तथा बजेट कार्यक्रम शनिबार पोखरीयामा सार्वजनकि भएको छ । नगरपालिकाले आन्तरिक आम्दानी १ करोड ४७ लाख ४० हजार चार सय ५५ गर्ने गरी कुल ४५ करोड ९५ लाख ५ हजारको निति तथा बजेट कार्यक्रम सार्वजनिक गरेको छ ।

“पर्साका केन्द्रबिन्दु प्रचुर बिकाशका पुर्वाधार स्वस्थ्य सुन्दर हराभरा पोखरीया स्मार्ट सिटीको अधार भन्ने मुल नाराका साथ दोस्रो नगर सभा गरिएकाे छ । नगरपालिकाले स्थानियलाई नगरपालिकाका अनुभुति दिलाउने, संयुक्त नगर निर्माण गर्ने जस्ता नारा अघि सारेको छ ।

नगरपालिकाको दोश्रो नगरसभाकाे उद्घाटन गर्दै प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारसँग आवश्यक बजेट नहुँदा स्थानिय तहको माग बमोजिम बजेट विनियोजन गर्न सक्ने अवस्था नरहेको वताए । उनले पोखरीया नगरपालिका वीरगंजको दोश्रो सदरमुकाम भएकाले पोखरीयालाई व्यवस्थीत र समुन्नत बनाउन प्रदेश सरकार सहयोग गर्न तत्पर रहेको बताउदै मधेशमा विकास निर्माणसँगै सामाजिक सचेतनाका कार्यक्रम पनि सँगसँगै अगाडी लिएर बढनु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा सांसद हरिनारायण रौनियारले आफू माथि नियोजित षडयन्त्र भएको र षडयन्त्र विरुद्ध आफू नझुक्ने र त्यसको निष्पक्ष छानविन हुनु पर्ने माग गरे ।

कार्यक्रममा पूर्वमन्त्री सुरेन्द्र चौधरीले विकासका बाधकलाई छाडन नहुने बताउदै योजना कब्जा गर्ने र काम नगर्ने ठेकेदारलाई कारवाही हुनु पर्ने बताए ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख सलमा खातुनले आगामी आर्थिक वर्षको कार्यक्रमहरु सार्वजनिक गरेकी थिन ।

नगरपालिकाले विशेष गरी शिक्षा, स्वास्थ्य, सडक र समाजीक विकासलाई मुख्य प्राथमिक्तामा राखेको छ ।

नगर प्रमुख दिपनारायण रौनियारको सभापतित्वमा भएको उदघाटन समारोहमा नेकपाका प्रधुमन चौहान, नेपाली कांग्रेसका रामेश्वर रौनियार, राजपाका निजमोदिन समानी, जिल्ला समन्वय समिती पर्साका सभापति नेक महम्मद अन्सारी, वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी, प्रमुख प्रशासकिय अधिकृत नथु साह लगायतको उपस्थिती रहेको थियो ।

औषधी मात्र समस्याको समाधान होइन : नेता सुरेन्द्र चौधरी

प्रणय साह । पर्सा, २० असोज ।
औषधी मात्र समस्याको समाधान नरहेको पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र चौधरीले वताएका छन । होटल भिस्वा वीरगंजमा आयोजित स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै नेता चौधरीले हाम्रो समाज अहिले एनटिभाइटिकको डग्रीस नै भइसकेको वताए ।

सानोतिनो स्वास्थ्य समस्यामा पनि एनटिभाइटिकको प्रयोग ठिक होइन उनको धारणा थियो । इन्टरनेशनल कोच भानु धमलाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, क्षेत्र नं. १ का सभापति अरविन्द गुप्ता, पटेर्वा सुगौली गापाकी उप प्रमुख ममता महतो लगायतकाको सहभागिता रहेको थियो ।

नहरमा पानी नआउदा कृषकहरु मर्कामा

पर्सा, २० असोज ।
पर्साको ग्रामिण भेगका नहरहरुमा पानी नआउदा कृषकहरु मर्कामा परेका छन । बिगत केही दिन देखी पानी नपरेकोले खेतमा पानी सुके पछि कृषकहरु चिन्तामा परेका हुन ।

धान फल्ने समयमा नै खेतमा पानी नरहेको र नहरमा पनि पानी नआउदा कृषकहरु चिन्तामा परेका छन । नारायणी सिचाई डिभिजन कार्यालय डिभिजन नम्बर ५ द्धारा बितरित पानी ब्लाकनम्बर २ को एमएससीहरु र बिएससीहरुमा पानी नआउदा कृषकहरु बाध्य भएर दमकल प्रयोग गर्न थालेका छन ।

खेतमा पानी हाल्न कृषकहरु खोला, नदी, पोखरी, तलाउमा बिभिन्न माध्यमबाट सिचाई गर्न बाध्य रहेको जगरनाथपुर गाउालिकाका कृषक मुनेश्वर यादवले बताएका छन ।

यस बर्ष धानका लागी प्रयाप्त मात्रामा पानी पर्दै आएको तर धान फल्ने समयमा नै पानी नपरेको र नहरमा पनि धान फल्ने समयमा नै पानी नआउदा धानवालीमा कमी आउने कृषकहरु बताएका छन ।

यस बिषयमा गाउँपालिकाका जनप्रतिनिधीहरु चनाखो नभएका कारण कृषकहरुलाई समस्या भोग्नु परेको कृषकहरुले गुनासो गरेका छन ।