Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

गर्मीका कारण चुरे क्षेत्रका जिल्लाहरुको जनजिवन प्रभावित

spot_img
spot_img

वीरगंज,३१ जेठ ।
एक्कासी दुई दिन देखी बढेको गर्मीले चुरे क्षेत्रका जिल्लाहरुको जनजिवन प्रभावित वनेको छ ।विहान सूर्योदय भए सँगै गर्मी हुने र गर्मीवाट विभिन्न किसीमका छाल सम्बन्द्धीत रोग लागने भएको कारण घर बाहिर निस्कन छाडेका छन् । छालाको रोगसंगै गर्मीका कारण बच्चाहरुलाई ज्वरो, बमिट तथा झाडा पखाला हुने र वृद्धवृद्धाहरुलाई खुट्टाको घुडा दुख्ने तथा श्वास प्रश्वासको समस्या हुनेहरुको वाल रोग विशेषज्ञ डा.आनन्द कुमार झाले जानकारी दिए ।

तातो हावा तथा बढ्दो गर्मीका कारण सर्वसाधारणहरु घरबाहिर निस्कन सकेका छैनन्। सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरुमा सेवाग्राहीको तथा वीरगज बजारमा दैनिक ज्यालादारीमा मजदुरी गर्नेहरू प्रभावित भएका छन्। यसै विच गर्मीका कारण विद्यालयमा छात्रा बेहोस भएका छन् । शुक्रबार विहान अत्यधिक गर्मीका कारण लु लागेर वीरगंज महानगरपालिका स्थित त्रि–जुद्ध माध्यमिक विद्यालयका कक्षा ७ मा अध्ययनरत छात्रा ममता कुमारी यादव बेहोस भएकी थिईन। उनलाई तत्काल नजिकै रहेको नारायणी अस्पतालमा भर्ना गरिएको थियो।

उपचारपश्चात उनी घर फर्किएकी छिन्। अत्यधिक गर्मीको कारण बालिका भुइँमा लडेर अचेत भएपछि शिक्षक–विद्यार्थी मिलेर बेहोस अवस्थामै उपचारको लागि अस्पताल र्पुयाएका थिए। गर्मीयाम सुरु भएदेखि नै नारायणी अस्पताल वीरगंजमा झाडापखाला, ज्वरो, सर्पदंश लगायतका विरामीहरु दैनिक २५ देखी ३० जना सम्म उपचारको लागि आउने गरेको अस्पतालका चिकित्सक डा.एमामुलहकले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...