Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

बहुदरमाईमा सडक तथा नालाको नेता चौरसियाद्वारा शिलान्यास

spot_img
spot_img

वीरगंज, २ असार ।

पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नं. ३ नगरदाहामा आज एक समारोहका बिच सडक तथा नाला शिलान्यास गरिएको छ । नगरपालिकाको वडा नं. ३ स्थित रामजानकी मन्दिर परिसर अगाडि नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री अजय कुमार चौरसियाले शिलान्यास गर्नु भएको हो ।

नगरपालिकाको नगरदाहा देखि डकैलाबहुअरी सम्म बन्न लागेको कालोपत्रे सडक तथा नालाको शिलान्यास गर्नु हुदै प्रमुख अतिथि नेता चौरसियाले वीरगंज दखि थरुहटलाई जोडने सडक भएकोले तोकिएको समय भित्र गुणस्तरिय रुपमा काम पुरा हुने विश्वास व्यक्त गर्नु भयो ।

गर्मीयाममा धुलो र वर्षाको समयमा हिलो हुने यो सडक कालोपत्रे हुँदा यस भेगका सर्वसाधारण जनतालाई राहत हुने विश्वास गर्नु हुदै नेता चौरसियाले नगरपालिका र स्थानियबासीले यस कार्यको समय सयमा निरिक्षण गर्न आग्रह गर्नु भयो ।

३ करोड ५० लाखको लागतमा यो २ किलोमिटर सडक निर्माण गर्ने ठेक्का अंकित कन्स्ट्रक्सनले लिएको छ । निर्माण कम्पनिका संचालक सुरेस प्रसाद पटेलले तोकिएको १ वर्ष भित्र आफुले भरपर्दो र गुणस्तरयुक्त काम पुरा गर्ने प्रतिबद्धता जनाउनु हुँदै काम सुरु भएपछि स्थानियबासी तथा नगरपालिकाले काममा ढिलासुस्ती आ अनियमित्ता भएको सिकायतको मौका आफुले नदिने सो अवसरमा बताउनु भयो ।

नगरपालिकाका मेयर नितेन्द्र साहको सभापतित्वमा भएको कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष जितेन्द्र पटेल, नेका क्षेत्र नं. २ का क्षेत्रिय सभापति गम्भिरा साह, विद्यालयका प्रत्यासी रामरुप कुर्मी लगायतको उल्लेखनिय सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...