Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

लोक सेवा विरुद्ध विधार्थीहरु आक्रोसित, चरणबद्ध आन्दोलनको घोषणा

spot_img
spot_img

राजविराज, ३२ जेठ ।

सप्तरीमा विद्यार्थीहरूले लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको पुतला दहन गरेका छन् । आयोगले स्थानीय तहका लागि निकालेको विज्ञापन विभेदकारी रहेको भन्दै शनिबार आन्दोलित विद्यार्थीहरूले राजविराजमा मैनालीको पुतला दहन गरेका हुन् ।

नेपाल विद्यार्थी संघ, राष्ट्रिय विद्यार्थी संघ, समाजवादी विद्यार्थी फोरम, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनले आयोगका अध्यक्षले राजीनामा दिनुपर्ने, विज्ञापन रद्द गर्नुपर्ने र समावेशी सिद्धान्तका आधारमा विज्ञापन आह्वान गर्नुपर्ने माग गर्दै चरणबद्ध आन्दोलनको घोषणासमेत गरेका छन् ।

विद्यार्थीहरूले आइतबार राजविराजमा मसाल जुलुस निकाल्ने र सोमबार पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्ने आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका हुन् । आयोगले संघीयता, समावेशी तथा समानुपातिकविपरीत निकालेको विज्ञापन नसच्याएसम्म आफूहरूको आन्दोलन जारी रहने चेतावनी पनि विद्यार्थी संगठनहरूले दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...