Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

युवाहरुका लागी रोजगारी सृजना गर्न दबाब स्थानीय सरकारलाई

spot_img
spot_img

वीरगंज,३१जेठ ।
वीरगंजका सचेत युवाहरुले स्थानीय स्तरमै  युवाहरुका लागी रोजगारी सृजना गर्न दबाब दिन स्थानीय सरकारलाई खबरदारी गरेका छन् । शुक्रबार विहान वीरगंजको घण्टाघरमा एक कार्यक्रमको आयोजना गरी वीरगंजका सचेत युवाहरद्वारा स्थानीय सरकारले युवाको क्षमता अभिबृद्धि गर्न विभिन्न किसिमका सिपमूलक तालिमको साथै विभिन्न स्रोत साधनको विकास गरी रोजगारको अवशरका लागी पर्साका १४ वटै स्थानीयका प्रमुखलाई एस एम एस गरी ध्यानाकर्षण गराएका हुन् । जावफदेहिताको लागी हाम्रो अभियान पर्साको पहलमा भएको कार्यक्रममा स्थानीय तहमा ‘‘युवाहरको लागी खोई त अवसर ? प्रमुख ज्यु तपाईको पालिकाले यसपालिको योजनामा के ल्याउँदै छ त ? सचेत नागरिकको खबरदारी !’’ लेखी पर्साका १४ वटैै स्थानीय तहका प्रमुखलाई एस एम एस पठाईएको हो ।कार्यक्रममा जवाफदेहिताको लागी हाम्रो अभियान पर्साका संयोजक शिवनाथ यादव, पहलका अध्यक्ष दिलिप राज कार्की, नेविसंघका विधार्थी नेता बद्री तिवारी, पत्रकार सुरेश विडारी, सन्ध्या पौडेल लगायतको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...