Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

लोक सेवा आयोगको कार्यालय जलेश्वरमा तालाबन्दी

spot_img
spot_img

महोत्तरी : मधेस अधिकार संघर्ष समिति (मास)ले आज (आइतबार) लोकसेवा आयोगको कार्यालय महोत्तरीमा तालाबन्दी गरेको छ। मासका संयोजन समिति सदस्य सुशील कर्ण, सरोज मिश्रसहित एक दर्जन युवाहरूले आज दिउँसो ११ः३० बजे लोकसेवा आयोगको कार्यालयमा ताला लगाएका छन्।

लोकसेवा आयोगले संविधानको भावना विपरीत विज्ञापन गरेको भन्दै कार्यालयमा ताला लगाएको मासका सुशील कर्णले जानकारी दिए। ताला लगाउने क्रममा प्रहरी र मासबीच सामान्य वाद–विवाद समेत भएको थियो।

कार्यालयमा कर्मचारी न्यून भएका बेला प्रहरीको उपस्थितिमा मासले लोकसेवा आयोगको कार्यालयमा ताला लगाएको हो। आयोगले विज्ञापन फिर्ता नलिए आन्दोलनलाई अझ कठोर बनाउँदै लाने मासले चेतावनी दिएको छ।

कार्यक्रममा मासका सरोज मिश्र, सुशील कर्ण, मनोज साह, प्रभाष राय जनक, दीपक ठाकुर, शंकर चौधरी, किशन मण्डल, दीपक चौधरी लगायत उपस्थित थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...