Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026
Home Blog Page 1108

कतार र बेलायतको सहयोग पाएर राम परिवार हर्षित

रौतहट, १५ असोज ।
कतार र बेलायतको सहयोग पाएर अपाङ्ग परिवार नै हर्षित भएको छ । श्रम गर्न खाडीमुलुक कतारमा विगत १५ वर्ष देखि रहेका महोतरी जलेश्वर निवासी बद्रीनाथझाले रौतहटको परोहानगरपालिका–७ नरकटिया खापका असहाय दुवै खुट्टाले अपांग ३६ बर्षीय उपेन्द्र राम चमारलाई ट्रायल साईकल सहयोग गरेका छन् ।

महोतरी निवासी युवा समाज सेवीझाले आफू प्रवासमा रहेर पनि नेपालको एक पीडितलाई सहयोग गर्न पाउँदा आनन्दित भएको बताएका छन् । ‘म पहिलादेखि नै अपांगता, असहाय, गरिब भएका व्यक्तिलाई सहयोग गर्न मन पराउने मान्छे हुँ ।

नेपाल आएको बेला उनीसँग भेट्ने मौका पाए अझ खुशी महसुश हुनेछ । अपांगता भएका रामको जिवनमा यसबाट केही परिर्वतन होस भन्ने मात्र सोचले सानो सहयोग गरेको बताए ।’सोही परिवारमा दुवै खुट्टाले अपांग ११ बर्षीय मुस्कान राम चमार लाई मुकुन्द फुयालको छोरा मिलिन्ड फुयालले यु.के बेलायतबाट कोशिश फाउण्डेसन मार्फत ह्वलचेयर सहयोग गरेका छन ।

रामको घरको आर्थिक अवस्था निकै कमजोर भएकाले अरु बालबालिका जस्तै घर बाहिर वा विधायल जानचाहेर पनि जान्न चाहना हुदाहुदै पनि कुनै सुविधा उपलब्ध परिवारबाट हुन नसकेकाले दिनभरि घरमा बसेर नै जिवन बिताउ छिन । अब ह्वेल चेयर पाए पछि विधालय र साथीहरु सँग रमाउन पनि सजिलो भएकोले सहयोगी दातालाई मुरिमुरि धन्यवाद समेत रामको आमाले दिईन ।

वालविवाह तथा दाइजो रोक्न तयार छु भन्दै हस्ताक्षर

वीरगंज,१४ असोज | बालविवाह तथा दाइजो प्रथा अन्त्यका लागि आज वीरगंजमा हस्ताक्षर अभियान तथा सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभाकक्षमा भएको कार्यक्रममा सरोकारवालाहरुले दाइजो प्रथा रोक्न हस्ताक्षर गरी प्रतिबद्धता जनाएका छन ।

‘मधेसमा सिके राउतले भ्रामक इतिहास पढाइरहेका छन्’

९ असोज, काठमाडौं । जनकपुरका कम्युनिस्ट नेता रामचन्द्र झा हाल नेकपाका केन्द्रीय सदस्य छन् । तर, उनले यसैसाता नगरकोटमा आयोजित एक कार्यक्रममा आफ्नै पार्टीका प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरे- ‘नेपालको भूमिमा सिँचाइ गर्नु राष्ट्रवाद हो कि पानीजहाज चलाउनु राष्ट्रवाद हो ? बालुवामा जहाज चल्छ ? यसको उत्तर मलाई दिनुहोला ।’

‘मधेससँग तर्सिएर प्रदेशलाई अधिकार दिइएन’

१ असोज, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशलाई अधिकार दिन कन्जुस्याइँ गरेको भन्दै केन्द्र सरकारमाथि कडा रुपमा प्रस्तुत भइरहेका छन् । नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री गुरुङले प्रदेशको अधिकार खुम्च्याइएको भन्दै पार्टी नेतृत्व र सरकारको पटाक्षेपमात्रै गरेका छैनन्, सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेलासमेत गरेर दबाव दिए ।

निडर र हक्की नेताका रुपमा चिनिएका गुरुङ किन केन्द्र सरकारसँग पौठेजोरी खेल्दैछन् त ? गण्डकी प्रदेशका मुख्यमन्त्रीसँग अमृत सुवेदीले गरेको कुराकानीः

बीमाको बिजोग ! अबदेखि त्यस्तो हुँदैन

३१ भदौ, काठमाडौं । नेपालमा बीमा कारोबार शुरु भएको ७० वर्षभन्दा बढी भइसक्यो । अहिलेसम्म बीमाको पहुँच करिब १० प्रतिशत नागरिकहरु समेटिएका छन् । करिब ९० प्रतिशत नेपालीहरु वीमाको प्रभाव बाहिरै छन् ।

धनगढीलाई राजधानी नतोकेको विरोधमा प्रदेशसभा बाहिर प्रदर्शन

१० असोज, धनगढी । आफ्नो ठाउँमा राजधानी नतोकेको विरोधमा धनगढीका वासिन्दाले मंगलबार प्रदेशसभा भवन बाहिर प्रदर्शन गरेका छन् ।

संसदीय समितिले प्रदेश ७ को राजधानी गोदावरी नगरपालिका ४ मा तोकेको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

गुल्मीमा सुनका गहना चोर्ने एकजना पक्राउ

0

८ असोज, गुल्मी । गुल्मीमा सुनका गरगहनासहित एकजना पक्राउ परेका छन् । रेसुङ्गा नगरपालिका-९ घर भएका मनु नेपालीलाई सुनका गरगहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले बताए ।

संविधान निर्माणको भित्री कथाः मधेसी र जनजातिले पोल्टाको गुमाए

संविधान कार्यान्वयनको चरणमा धेरै मूलभूत कामहरु सम्पन्न भएका छन् । केही काम गर्न बाँकी छ । जनताले संविधान बनाएको आज तेस्रो वर्ष पुग्दै गर्दा, ऐतिहासिक संविधानसभाको अध्यक्षको नाताले म असाध्यै खुसी छु ।