Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

पर्साका ५ वटा गाउँपालिकाको गाउँ सभा अझै हुन सकेन

spot_img
spot_img

वीरगन्ज । पर्साका ५ वटा गाउँपालिकाको गाउँ सभा अझै हुन सकेको छैन । असार मसान्त भित्र गरि सक्नु पर्ने गाउँ सभा कालिकामाई, धोबिनी, पकहा मैनपुर, सखुवा प्रसौनी र बिन्दवासिनी गाउँपालिकाको गाउँ सभा अझै हुन नसकेको हो ।

नयाँ आर्थिक बर्ष सुरु भए पनि गाउँ सभा नहुदा आ.व. २०७६/०७७ को निति, कार्यक्रम तथा बजेट आउन सकेको छैन । समय मै निति, कार्यक्रम तथा बजेट नआउदा बिकास निर्माणको काम सुरु हुनमा ढिलाई हुने गाउँ कार्यपालिका कार्यालयहरुले जनाएका छन । संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले असार १० गते भित्र सबै स्थानिय तहरुले गाउँ तथा नगर सभा गरि सक्नु पर्ने पत्रचार गरेको थियो ।

समय मै गाउँ सभा नगरे संघको सरकारको अनुदानको रकम नपठाउने मन्त्रालयले चेतनावनी समेत दिएको थियो । तर पनि यी ५ वटा गाउँपालिकाहरुले जनप्रतिनिधि विचको विवादका कारण गाउँ सभा गर्न सकेका छैनन् । जनप्रतिनिधिहरु बिच बजेट भागबन्डा कुरा नमिल्दा गाउँ सभा हुन नसकेको स्वयंम् जनप्रतिनिधिहरु नै स्वीकारने गरेका छन ।

विगत बर्ष झै यस बर्ष पनि आ आफ्नो भाग बढी योजना र बजेट पार्न जनप्रतिनिधिहरु अडान लिएका कारण गाउँ सभामा ढिलाई भएको हो ।

असार मसान्त भित्र वीरगंज महानगरपालिका, पोखरिया, बहुदरमाई, पर्सागढी नगरपालिका, पटेर्वा सुगौली, जिराभवानी, ठोरी, छिपहरमाई, जगरनाथपुर गाउँपालिकाले मात्र गाउँ तथा नगर सभा गर्न सकेका हुन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...