Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पर्सागढीको निति तथा कार्यक्रम सार्वजनिक, आ.ब.०७६/७७ को बजेट ६० करोड ५९ लाख

spot_img
spot_img

बीरगंज । पर्सागढी नगरपालिकाले आ.ब. २०७६/०७७ को बजेट, निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले नगर सभाद्वारा बिनियोजित रु ६० करोड ५९ लाख २८ हजार बराबरको बजेट, निति तथा कार्यक्रम बुधबार एक समारोहको आयोजना गरी सार्वजनिक गरेको हो ।

नगरपालिकाको सभा हलमा भएको सार्वजनिकरण समारोहमा मेयर लोकनारायण यादवले संघ सरकारको शसर्त अनुदान १३ करोड ६८ लाख, प्रदेश सरकारको सर्शत अनुदान एक करोड, विशेष अनुदान ३० लाख, समपुरक अनुदान ४० लाख, सामाजिक सुरक्षा कार्यक्रम ७ करोड, युनिसेफबाट ४८ लाख ७४ हजार, बहुक्षेत्रिय पोषण कार्यक्रम १५ लाख ७० हजार, सडकबोर्ड सर्शत अनुदान ४३ लाख, संसदीय विकास कार्यक्रम एक करोड ५० लाख, भौतिक पूर्वधार विकास १५ करोड ८६ लाख लाख ५० हजार, आर्थिक बिकास ३ करोड ५७ लाख, प्रशासनिक खर्च ८ करोड १८ लाख ३४ हजार, गत बर्षका वाकी योजनाहरु ८ करोड गरी कुल ६० करोड ५९ लाख २ड हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरे ।

बजेट प्रस्तुत गर्दै मेयर यादवले नगरपालिकाले यस बर्ष संघियताको कार्यन्वयन र स्थानिय सरकारको प्रत्याभुति, रोजगारीको अवसरमा वृद्धि, सडक संजालको विस्तार तथा स्तर वृद्धि, शिक्षा, स्वास्थ्य, खानेपानीमा बिशेष लगानी, आन्तरिक तथा धार्मिक पर्यटनको बिकास प्रवद्र्धन, औधिक क्षेत्रमा लगानी गर्न वातावरण निर्माण गरिने, पर्सागढी नगर वासीका आवश्यकता, चाहना र भावनालाई केन्द्र बिन्दुमा राख्दै नगरपालिकाको निति, कार्यक्रमहरुलाई व्यस्थित एवं मर्यादित रुपमा अगाडी बढाउने प्राथमिकता लिएको वताए ।

उनले उज्याले नगर, राष्ट्रिपति चुरे संरक्षण, युनिसेफ नेपालको एकिकृत कार्यक्रम, सामी परियोजना, कृषी अनुदान, स्वरोजगार मुखी क्रियाकलाप संचालन, बाल मैत्री स्थानिय शासन, बहुक्षेत्रिय पोषण योजना लगायतका बजेटको मुख्य कार्यक्रम परियोजनाहरु रहेको जनकारी गराए ।

नगरपालिकाको वडा नं. ८ स्थित सभाहलमा भएको सार्वजनिककरण समारोहमा उप मेयर अर्चना चौधरी, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद चापागाई, वडाध्यक्षहरु, नगर सभा सदस्यहरु लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण समाजिक बिकास शाखा प्रमुख प्रदिप चौरसियाले गरेका थिए ।

समारोहमा गत बर्षमा सम्पन्न मुख्य भौतिक, समाजिक तथा विकास क्रियाकलापको बारेमा समेत जानकारी गराइएको थियो । नगरपालिकाले यस बर्षको नारा ‘पर्सागढीको शान सुन्दर शान्त र समृद्ध तथा स्वच्छ सफा हराभरा शुसासित नगरपालिका हाम्रो अभियान’ रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...