Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पर्सागढीको निति तथा कार्यक्रम सार्वजनिक, आ.ब.०७६/७७ को बजेट ६० करोड ५९ लाख

spot_img
spot_img

बीरगंज । पर्सागढी नगरपालिकाले आ.ब. २०७६/०७७ को बजेट, निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले नगर सभाद्वारा बिनियोजित रु ६० करोड ५९ लाख २८ हजार बराबरको बजेट, निति तथा कार्यक्रम बुधबार एक समारोहको आयोजना गरी सार्वजनिक गरेको हो ।

नगरपालिकाको सभा हलमा भएको सार्वजनिकरण समारोहमा मेयर लोकनारायण यादवले संघ सरकारको शसर्त अनुदान १३ करोड ६८ लाख, प्रदेश सरकारको सर्शत अनुदान एक करोड, विशेष अनुदान ३० लाख, समपुरक अनुदान ४० लाख, सामाजिक सुरक्षा कार्यक्रम ७ करोड, युनिसेफबाट ४८ लाख ७४ हजार, बहुक्षेत्रिय पोषण कार्यक्रम १५ लाख ७० हजार, सडकबोर्ड सर्शत अनुदान ४३ लाख, संसदीय विकास कार्यक्रम एक करोड ५० लाख, भौतिक पूर्वधार विकास १५ करोड ८६ लाख लाख ५० हजार, आर्थिक बिकास ३ करोड ५७ लाख, प्रशासनिक खर्च ८ करोड १८ लाख ३४ हजार, गत बर्षका वाकी योजनाहरु ८ करोड गरी कुल ६० करोड ५९ लाख २ड हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरे ।

बजेट प्रस्तुत गर्दै मेयर यादवले नगरपालिकाले यस बर्ष संघियताको कार्यन्वयन र स्थानिय सरकारको प्रत्याभुति, रोजगारीको अवसरमा वृद्धि, सडक संजालको विस्तार तथा स्तर वृद्धि, शिक्षा, स्वास्थ्य, खानेपानीमा बिशेष लगानी, आन्तरिक तथा धार्मिक पर्यटनको बिकास प्रवद्र्धन, औधिक क्षेत्रमा लगानी गर्न वातावरण निर्माण गरिने, पर्सागढी नगर वासीका आवश्यकता, चाहना र भावनालाई केन्द्र बिन्दुमा राख्दै नगरपालिकाको निति, कार्यक्रमहरुलाई व्यस्थित एवं मर्यादित रुपमा अगाडी बढाउने प्राथमिकता लिएको वताए ।

उनले उज्याले नगर, राष्ट्रिपति चुरे संरक्षण, युनिसेफ नेपालको एकिकृत कार्यक्रम, सामी परियोजना, कृषी अनुदान, स्वरोजगार मुखी क्रियाकलाप संचालन, बाल मैत्री स्थानिय शासन, बहुक्षेत्रिय पोषण योजना लगायतका बजेटको मुख्य कार्यक्रम परियोजनाहरु रहेको जनकारी गराए ।

नगरपालिकाको वडा नं. ८ स्थित सभाहलमा भएको सार्वजनिककरण समारोहमा उप मेयर अर्चना चौधरी, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद चापागाई, वडाध्यक्षहरु, नगर सभा सदस्यहरु लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण समाजिक बिकास शाखा प्रमुख प्रदिप चौरसियाले गरेका थिए ।

समारोहमा गत बर्षमा सम्पन्न मुख्य भौतिक, समाजिक तथा विकास क्रियाकलापको बारेमा समेत जानकारी गराइएको थियो । नगरपालिकाले यस बर्षको नारा ‘पर्सागढीको शान सुन्दर शान्त र समृद्ध तथा स्वच्छ सफा हराभरा शुसासित नगरपालिका हाम्रो अभियान’ रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...