Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

लायन्स र लियाेले बहुदरमाईमा ११ हजार बिरुवा राेपने

spot_img
spot_img

दिपेन्द्र यादव/वीरगन्ज । लायन्स क्लब अफ बिरगंज र लियो क्लब अफ बिरगंजले ११ हजार बिरुवा रोपने जनाएका छन । क्लबहरुले बिहिवार पत्रकार सम्मेलन गर्दै पर्साको बहुदरमाई नगरपालिकाको वडा न. ८ विश्रामपुरमा बृहत बृछा रोपन कार्यक्रम गरिने जनाएका हुन ।

बिश्रामपुरमा रहेको १० बिगाहा ऐलानी जग्गामा साउन १८ गते शनिबार बृक्षा रोपन कार्यक्रम गरिने लायन्स क्लब अफ बिरगंजका अध्यक्ष बिजय कुमार गुप्ताले बताए । बन तथा बाताबरण मन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा बृक्षा रोपन कार्यक्रम गरिने अध्यक्ष गुप्ताले जानकारी गराए ।

नेपाल पत्रकार महासंघ पर्साको भवनमा भएको पत्रकार सम्मेलन लायन्स क्लब अफ बिरगंजका सचिव दिगम्बर थापा, पुर्व अध्यक्ष सन्तोष साह, गजेन्द्र मान सिंह, लियो क्लब अफ बिरगंजका अध्यक्ष भगवती शिगदेल, उपाध्यक्ष मेराजुल हवारी, पुर्व अध्यक्ष रिषभ अग्रवाल, दिब्या गिरि, क्लबका अन्य सदस्य लगायतको उपस्थित रहेको थियोे ।

यस्ता बृक्षा रोपन कार्यक्रम धेरै भए पनि संरक्षण अभावमा कार्यक्रम भरी मात्र सिमित हुने गरेकोमा लायन्स र लियोले आफूहरू संरक्षण गरेर देखाउने दाबी गरेका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...