Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

नेकपा पर्साद्वारा १५ बुंदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन

spot_img
spot_img

बीरगंज । नेपाल कम्युनिस्ट पार्टी पर्साले बाढी तथा डुवान प्रभावितलाई तत्काल राहत वितरण गर्न माग गरेको छ । नेकपाले पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राहत दिन माग गरेको हो ।

पर्साका बिभिन्न स्थानमा भएको क्षतीको यथार्थ तथ्याङक संकलन गर्नुपर्ने, मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निशुल्क उपचार हुनुपर्ने, बिना पक्षपात राहत वितरण गर्नुपर्ने, चुरे संरक्षणका लागि वैज्ञानिक तरिका अपनाउन, सीमावर्ती क्षेत्रमा निर्माण भएको बाँधका बारे दीर्घकालीन समाधान खोज्न, किसानलाई ऋण मिनाहा, मल खाद्यमा राहत, वीरगञ्ज महानगरमा निर्माण भएको ढकको संरचनामा उठेको प्राबिधिक सवालको छानवीन गर्न र नदी नियन्त्रणको उचित कदम चाल्न ज्ञापन पत्र मार्फत माग गरिएको नेकपाका युवा नेता प्रदेश सदस्य रामबाबु बैठाले वताए ।

यसका साथै नेकपाले तराई मधेस क्षेत्रमा आउने प्राकृतिक विपतीबाट बच्न पूर्व तयारीका लागि काम गर्न अधिकार सम्पन्न ‘प्राकृतिक बिपद ब्यवस्थापन प्राधिकरण’ गठन गर्न समेत माग गरेको छ ।

नेकपाका पर्सा अध्यक्ष प्रभु हजराको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय गएको नेता कार्यकर्ताहरुको टोलीले ज्ञापन पत्र बुझाएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...