Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

नेकपा पर्साद्वारा १५ बुंदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन

spot_img
spot_img

बीरगंज । नेपाल कम्युनिस्ट पार्टी पर्साले बाढी तथा डुवान प्रभावितलाई तत्काल राहत वितरण गर्न माग गरेको छ । नेकपाले पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै राहत दिन माग गरेको हो ।

पर्साका बिभिन्न स्थानमा भएको क्षतीको यथार्थ तथ्याङक संकलन गर्नुपर्ने, मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निशुल्क उपचार हुनुपर्ने, बिना पक्षपात राहत वितरण गर्नुपर्ने, चुरे संरक्षणका लागि वैज्ञानिक तरिका अपनाउन, सीमावर्ती क्षेत्रमा निर्माण भएको बाँधका बारे दीर्घकालीन समाधान खोज्न, किसानलाई ऋण मिनाहा, मल खाद्यमा राहत, वीरगञ्ज महानगरमा निर्माण भएको ढकको संरचनामा उठेको प्राबिधिक सवालको छानवीन गर्न र नदी नियन्त्रणको उचित कदम चाल्न ज्ञापन पत्र मार्फत माग गरिएको नेकपाका युवा नेता प्रदेश सदस्य रामबाबु बैठाले वताए ।

यसका साथै नेकपाले तराई मधेस क्षेत्रमा आउने प्राकृतिक विपतीबाट बच्न पूर्व तयारीका लागि काम गर्न अधिकार सम्पन्न ‘प्राकृतिक बिपद ब्यवस्थापन प्राधिकरण’ गठन गर्न समेत माग गरेको छ ।

नेकपाका पर्सा अध्यक्ष प्रभु हजराको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय गएको नेता कार्यकर्ताहरुको टोलीले ज्ञापन पत्र बुझाएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...