Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

वीरगन्जका एक युवकद्वारा कान्छी श्रीमतीको घाँटी रेटी हत्या प्रयास

spot_img
spot_img

वीरगन्ज । वीरगन्जका एक युवकले आफ्नो श्रीमतीलाई छुराले घाँटी रेटी घाइते बनाएका छन । वीरगन्ज १० घडिहर्वा निवासी बर्ष २४ का रोशन कुमार गुप्ताले आफ्नो कान्छी श्रीमती वर्ष २२ की मनु चौधरीलाई घारिलो हतियार (छुरा) ले घाँटी रेटी घाइते बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गुप्ताले श्रीमती चौधरीलाई घरबाट बोलाई वीरगन्ज १९ स्थित भिस्वा डाँडा घुमाउन लगेका थिए, त्यही डाडाको पछाडी पटी झाडीमा लगि छुराले घाँटी रेटी घाइते बनाएको हो ।

घाइते चौधरीलाई सुरुमा उपचारको लागि नारायणी अस्पताल वीरगंजमा लगिएको थियो भने त्यस पछि नेशनल मेडिकल क्लेज वीरगंजमा लगी थप उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । छुरा प्रहार गर्ने गुप्ता भाग्न खोज्दा पनि नियनत्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...