Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

८९ किलो गाँजा सहित ४ भारतीय पक्राउ

spot_img
spot_img

वीरगन्ज । पर्सा प्रहरीले ८९ किलो गाँजासहित ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–२५ ड्राइपोर्ट बहुअरी क्षेत्रबाट नेपालबाट भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बी.आर. २८ जी. २७७० को बोलोरो गाडीमा सवार ४ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय राज्य बिहार अन्तर्गतको मोतिहारी जिल्ला विसुनपुर–३ का ३१ वर्षीय नुर मोहम्मद हुसेन, बिहार मोतिहारीकै फुलवरिया–११ का ३२ वर्षीय असलम आलम साइन, फुलवरिया–११ कै २८ वर्षीय इर्साद साइन र मोतिहारीअन्तर्गतको सितलपट्टी घर भएका सुनिल साह छन् ।

चेकजाँचका क्रममा गाडीम लागु औषध गाँजा फेला परे पछि गाडीमा सवार चारै जनालाई नियनत्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले गाडीमा विशेष प्रकारको फल्स बटम बनाएर लुकाइछिपाइ भारततर्फ गाँजा तस्करी गरिरहेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...