Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

सडक फराकिलो पार्ने निर्णय कार्यन्वयको मांग गर्दै युवाहरुले बुझाए ज्ञापन

spot_img
spot_img

वीरगंज । वीरगंज विकास युवा संघर्ष समितिले आज पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई मार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई ज्ञापन पत्र बुझाएको छ ।

वीरगंजको मुख्य सडक २५/२५ मिटर फराकिलो पार्ने निर्णय कार्यन्वय गर्न माग राख्दै संघर्ष समितिले ज्ञापन पत्र बुझाएको समितिका अकलेश साहले वताए । मुख्य सडक नतोड्ने वीरगंजबाट गएको विभिन्न राजनितिक दलका नेताहरु सहितको जम्बो टोलीको करा नसुन्न पनि ज्ञापन पत्र मार्फत आग्रह गरिएको साहले वताए ।

डेलिगेशन गएको टोली वीरगंजको बिकास बिरोधी भएको वीरगंजका युवाहरुले ठहर गर्दै सो बिरुद्ध वीरगंज विकास युवा संघर्ष समिति नै गठन गरी चरणवद्ध आन्दोलनको कार्यक्रम सुरु गरेका छन । वीरगंज विकास संघर्ष समितिका युवाहरु वीरगंज बचाउ संघर्ष समिति केही व्यक्तिको स्वार्थको लागि गठन भएको र केही नेताहरु समेत वीरगंज विकासको बाधक देखिएकोले तिनिहरुको भण्डाफोर गर्दै बिरगंजको सडक फराकिलो नभए कडा भन्दा कडा आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाउन पुगेको टोलीमा संघर्ष समितिका रामबाबु मन्डल, अकलेश साह, संदिप बिक्रम साह, महमुद अंसारी, मोहम्मद जौवाद, दिपक पटेल, सम्सुल अंसारी, सागीर अंसारी, रंजीत चौरसिया, राकेश पटेल लगायतकाको सहभागिता रहेको थियो ।

वीरगंजको मुख्य सडक तोडन दबाव दिनको लागि शनिबार संघर्ष समितिका युवाहरु वीरगंजमा प्रदर्शन समेत गरेका थिए । यस अघि युवाहरु बैठक बसी वीरगंज विकास बाधकहरुको विरुद्ध संघर्ष गर्न समिति गठन गरी विभिन्न दबावको कार्यक्रम तय गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...