Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

रेविज दिवसको अवसरमा जन चेतनामूलक र्याली सम्पन्न

spot_img
spot_img

बीरगंज । विश्व रेविज दिवस आज वीरगंजमा पनि मनाइएको छ । वीरगंजमा १३ औं विश्व रेविज दिवसको अवसरमा चेतना मूलक र्याली निकालिएको छ । वीरगंज महानगरपालिकाको कार्यालय, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला जनकपुरको सहयोगमा र एशोसियसन अफ भेटेरिनरी प्राक्टिसनर पर्साको अयोजनामा र्यालि निकालिएको हो ।

वीरगंजको घण्टाघरबाट सुरु भएको र्याली माइस्थान, महाविरस्थान, आदर्शनगर, अलखिया, विर्ता, घडिहर्वा हुदै पुनः घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो । एशोसियनस पर्साका अध्यक्ष बैजुलाल गुप्ताको सभापतित्वमा र वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।

“खोप लगाउँ, रेविज उन्मुलन गरौं”, “रेविज रोगबाट बाच्न भेकसिनको प्रयोग गरौं”, “पशुपन्क्षीलाई रोग विरुद्ध खोप लगौं, रोग लाग्न बाट बचाऔं” लगायतका नारा लेखिएको प्ले कार्ड सहित निस्केको र्याली सम्पन्न भएको एशोसियसन पर्साका सदस्य सुभम पाण्डेले वताए ।

रेविज दिवस कै अवसरमा आइतबार देखी कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाउने कार्यक्रम पनि रहेको एशोसियसन पर्साका सह सचिव कमलेश गुप्ताले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...