Date
बिहि, जेष्ठ २८, २०८३
Thu, June 11, 2026

मेयर साहेब जनताको भावना विपरित, पार्टी २५/२५ मिटर कै पक्षमा : नेता कुर्मी

spot_img
spot_img

वीरगंज मेन रोड फराकिलो पार्ने बिषय अहिले चर्चाको बिषय भएको छ । फराकिलो पार्ने र नपार्ने पक्ष विपक्षमा राजनितिक दलको मतान्तर देखिएको छ । मेन रोड २५/२५ मिटर नतोडन नेकपा, कांग्रेस र राजपाका जिल्ला स्तरका केही नेता सहितको जम्बोटोली काठमाण्डौ स्थित भौतिक पूर्वधार मन्त्री रघुबिर महासेठ कहां पुगे पछि वीरगंजका युवाहरु आक्रोशित भएका छन । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको दामेचौर हँदै बीरगंजको शंकराचार्य सम्मको मुख्य सडक चौंडा गर्ने सुचना जारी भएपछि वीरगन्जको मुख्य सडकमा घर भएका घरधनीहरु आफनो घर जोगाउन पर्साका केहि राजनीतिक दलका नेताहरुलाई पैसा बाडेको पनि वीरगन्जमा ब्यापक चर्चा छ ।

यसै सन्दर्भमा हाम्रो समाचार सम्पादक शम्भु कुमार सुमन सहकर्मी प्रणय साहको साथमा समाजवादी पार्टी पर्साका नेता सुन्दर कुर्मी संग गर्नु भएको कुराकानी जस्ताको त्यस्तै ।

वीरगंजको मेन रोड फराकिलो पार्ने सम्बन्धमा समाजवादी पार्टीको धारणा के छ ?
वीरगंजको मेन रोड तोडनु पर्छ, यो मेन रोड लाइफलाइन भएकोले नतोडे सम्म बिकास हुदैन । मेन रोड नतोड्न डेलिगेशन जानेहरु वीरगंजको बिकास विरोधी हुन । मेरो भाषामा भन्ने हो भने जोकोई डेलिगेशन गएका छन तोड्नु हुन भने जो सब वीरगंजको बिकासमा बाधा खाडा गर्नेहरु हुन । सोही सडक अन्तर्गतको वीरगंज महानगरपालिका भित्र पर्ने परवानीपुरमा तोड्दा वीरगंजका मान्छेहरु नबोलिदिने, यी पार्टीका नेताहरु अगाडी नआइदिने किन भने परवानीपुरमा गरिब निमुखाहरु छन त्यही भएर तिनिहरुको पक्षमा नबोल्ने र वीरगंजमा धनी धनाडाहरु छन, उधोगपतिहरु छन त्यहि भएर इनिहरुको पक्षमा बोल्ने । यो आफैमा एउटा बेइनसाफ कुरा हो र यो एउटा पक्षको भने अक्रो कुरा जब सम्म वीरगंजको मेन रोड तोडिदैन तब सम्म वीरगंजको बिकास हुदैन, त्यही भएर तोड्नु पर्छ ।

यसको मतलब तपाईको पार्टीको स्पष्ट धारण वीरगंजको मेन रोड २५/२५ मिटर तोड्नु पर्छ नै हो ?
हो, यसमा एउटा कुरा मैले के जोड्न चाहन्छु भने गण्डक देखी घण्टाघर सम्म तपाईको नेपाल सरकार संग एउटा बिकल्प छ । के बिकल्प छ भने पहिलेको रोड जुन नेशनल हाइवे छ, त्यो हाइवे भइहाल्यो, त्यस संग जोडेएको नेपाल यातायात संस्थानको जग्गा छ, त्यो नेपाल यातायातको र सडक विभागको दुईटौ जग्गा मिलाएर पहिला हेरौं, दुईटा जग्गालाई पहिला मिलाएर हेरौं त्यो दुईटा जग्गाबाट पुगिरहेको छ कि छैन, त्यसबाट पनि नपुगे जति तोड्नु पर्छ त्यती तोडौं । घण्टाघर देखी भन्सार सम्म जोने हो भने त्यसमा कुनै विकल्प छैन । त्यो तोड्नै पर्छ । भनौं ना यसमा जुठोको नाटक भइरहेको छ, म धेरै साथी धेरै मान्छे संग कुरा गर्दा घर भएकै धनीहरु संग कुरा गर्दा तिनिहरु जति तोड्नु छ एक पटक तोडौं न भन्ने मनसायमा छन । ति नेताहरु र केही मान्छेहरु तिनिहरुलाई उसकाएर पइसा उठाएर खानेहरुको लही लहीमा लागेका हुन ।

बाहिर त तपाईको पार्टी पनि भित्री रुपमा नतोड्ने पक्षमा नै छ र देखाउटी रुपमा मात्र तोड्नु पर्छ भने हल्ला छ नि ।
हाम्रो २/३ दिन भित्र नै जिल्ला समन्व समितिको बैठक बस्ने वाला छ, पार्टीको समायोजन नभएर अधिकारी रुपमा बैठक बस्न नसकेको हो । अबको २÷३ दिन भित्र नै हामी बैठक बोलाउनेवाला छौं, सोही बैठकबाट तोड्नु पर्छ भने हामी पार्टीको औपचारीक निर्णय गरी सार्वजनिक गर्ने छौं । हाम्रो पार्टीका सांसद प्रदिप यादवको कुरा पनि तपाई सुनि सक्नु भएको होला, उहांले पनि पार्टी कै मनसाय लिएर नै वोलेका हुन ।

नेकपा, नेपाली कांग्रेस र राजपाका जिल्ला तह कै प्रमुख नेताहरु नतोडनको लागि भौतिक पूर्वधारमन्त्री रघुबिर महासेठ कहां डेलिगेशन जानु भएको छ, उहांहरुलाई तपाई के भन्नु हुन्छ र कसरी लिनु हुन्छ ।
यसमा म अब के भनौं, नेपाली कांग्रेस कै कुरा गर्दा त्यसको मिश्रित प्रतिक्रिया छ सुरु देखी नै, कांग्रेसको एउटा पक्ष तोड्नु पर्छ भने अगाडी आउन्छ भने अक्रो पक्ष तोड्नु हुदैन भने भन्छन । हिजो अस्ती कै कुरा हो, नेकपाका पर्साका संयोजक प्रभु हजरा तोड्नु पर्छ भनी मिडियामा प्रतिक्रिया दिने म २५ मिटर तोड्नु पर्छ । त्यहीं कुरा आज व्यहारमा लागु गर्नु पर्ने बेल्ला व्यापारीको प्रेसर आयो कि पइसाको बोझ माथी थिच्नु भो, आकी पार्टीको दबाव आयो कि आर्थीक लोभमा फस्नु भयो । वीरगंजको लाइफलाईन जब सम्म तोडिदैन नी, धेरै जनाको सोच छ म वीरगंजमा ठूला ठूला मल बनाउ तर नतोडेर बनाउन सकेका छैनन् । जब सम्म तोडि दैन तब सम्म वीरगंजको बिकास हुदैन त्यही भएर सबैले तोड्नु पर्छ भनि रहेका छन । वीरगंजका व्यापारीहरु पनि भनिरहेका छन, जति तोड्नु छ तोडौं एकपटक तोडौं त्यस पछि हेरौं कस्तौ वीरगंज भइरहेको छ । हरियाली वीरगंज हुने छ, पार्किङ्गको ठाउँ हुन्छ, पार्क हुन्छ, दिनहु जामहको समस्याबाट छुटकारा पाइन्छ । आफ्नो समयमा जहां जानु छ, जहां पुग्न सकिन्छ । एक दिन त मलाई आफै वीरगंजबाट घण्टाघर जानु पर्ने अवस्थामा ४४ मिनेट जामहमा परेको थिए ।

हामीलाईलाई प्राप्त जानकारी अनुसार सडक नतोडन डेलिगेशन गएका नेताहरुको प्रति आक्रोशिषत युवाहरु विरोध प्रदर्शन समेत गर्ने तयारी गरेका छन, समाजिक संजालमा पनि धेरै आक्रोश देखिएको छ । ति युवाहरुलाई तपाई के कसरी लिनु भएको छ र के भन्न चाहनु हुन्छ ।
ति युवाहरुको आक्रोश जयाज हो । ति युवाहरुको आक्रोशको म साथ छु । यस सन्दर्भ आजै २÷३ ठाउँ हुने युवाहरुको भेलामा म आफै सहभागि हुन गइरहेको छु । हामी वीरगंज वासी हौं, हामीले आफनो बिकासको लागि आफै सोच्नु र अगाडी बढनु पर्छ । म अगाडी बढेका त्यस्ता युवाहरुलाई बधाई दिन्न चाहन्छु । म ति युवाहरुको साथमा छु ।

यस क्रममा म महानगरपालिकालाई जोडन चाहे, महानगरपालिकामा तपाई कै पार्टीको नेतृत्व छ, तपाई कै पार्टीको मेयर साहेब हुनुहुन्छ । सडक फराकिलो पार्ने सम्बन्ध महानगर र मेयर साहेबको धारणा के छ ? के तपाईलाई जानकारी छ, जानकारी भए वताईदिनु न ।
महानगरपालिकाको धारणा के छ त्यो मिडियामा स्पष्ट आइसकेको छ । हमानगरपालिकाको मेयर साहेब सायद आफनो बाटो बिराउनु भएको छ, उहां चुनाव लड्दा खेरी आफनो चुनावी प्रतिवद्धतामा स्पष्ट लेखेर अगाडी बढनु भए छ । त्यो प्रतिबद्धतालाई कमसेकम उहांले कदर गरिदिनु पर्यो । यो राष्ट्रिय राजर्माग हो, राष्ट्रिय राजर्मागको सन्दर्भमा महानगरपालिकालाई निर्णय गर्ने अधिकार छ कि छैन, त्यो कुरा पहिला उहांले बुझिदिनु पर्छ । उहांले आफनो हैसियत पनि बुझि दिनु पर्छ । नत्र महानगरको वडाध्यक्ष वा मेयर हुदैमा जे पाए त्यही निर्णय गर्नु हुदैन, निति नियम भन्दा माथी कोई हुदैन । रहयो अर्को कुरा सब भन्दा ठूलो जनता हो, बहुमत जनताको चाहना के छ, अपेक्षा के छ त्यो पनि महानगर र महनगरका मेयरले जनताको भावना अनुसार काम गर्नु पर्छ । ना की आफ्नो र आफ्नो आफान्तको घर बचाउन र एउटा व्यापारी हुदैमा व्यापारीको घर बच्चाउन विकासको वाधक हुनु हुदैन । नत्र भोली उहांको विरुद्धमा पनि म र वीरगंजका युवा जान्न सक्छन ।

तपाईको भनाई अनुसार पार्टीको मेयर हुदाहुदै पार्टीको सिद्धान्त विपरित जादै हुनुहुन्छ ?
उहाँ त पार्टीको सिद्धान्त के पार्टी संग सोध्नु पनि भएको छैन, उहां एकलौटी तरिकाले पार्टी संग कुनै सलाह गर्नु भएको छैन । १५ मिटर मात्र फराकिलो पार्ने उहांको यो व्यक्तिगत निर्णय हो, पार्टीको निर्णय होइन । पार्टीको उहांको निर्णय प्रति कुनै समर्थन छैन । उहां आफनो व्यक्तिगत रुपले गर्नु भएको पार्टीको यसमा असहमती छ । १५ मिटर होइन २५ मिटर नै तोडनु पर्छ ।

spot_img
spot_img

ताजा अपडेट

शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

प्रदेश प्रहरी कार्यालय वीरगंजमा कार्यरत असई तेलीको निधन

वीरगंज । नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंजमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रवि कुमार साह तेलीको असामयिक निधन भएको छ । बहुदरमाई नगरपालिका–६ निवासी...

ट्राफिक प्रहरी कार्यालय वीरगंजका प्रमुख युवराज कटुवालको सरुवा, दीपेन्द्र श्रेष्ठ आउने

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंज, पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटवालको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार राति ५०९ जना...

एसियाली खेलकुदको अन्तिम छनोटमा पर्साका राज यादव सफल, जापानमा नेपालको प्रतिनिधित्व गर्ने

वीरगंज । पर्साको पोखरिया नगरपालिका–शिवर्वाका राष्ट्रिय कुस्ती खेलाडी राज यादवले जपानमा हुने २०औँ एसियाली खेलकुद (Aichi-Nagoya 2026) को अन्तिम छनोटमा सफलता हासिल गर्दै नेपालको...