Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

संघलको बिरोध गरेका कारण आफुलाई मेयराथनमा सहभागि गराइएन: खेलाडी मुखिया (भिडियो सहीत)

spot_img
spot_img

वीरगंज । पर्सा जिल्ला एथलेटिक्स संघले शनिबार वीरगंजमा आयोजना गरेको म्याराथनमा आफन्तलाई जिताउन खेलाडीलाई सहभागि नगराइएको आरोप लागेको छ । एथलेटिक्स खेलाडी प्रिन्स मुखियाले आफन्तलाई जिताउन आफुलाई नखेलाइएको आरोप लगाएका छन । उनले कालिका टाइम्स संग कुरा गर्दै आफुले पर्सा जिल्ला एथलेटिक्स संघको बिरोध गरेका कारण पनि आफुलाई म्याराथनमा सहभागि नगराइएको वताए ।

पर्सा एथलेटिक्स संघको बजेट हिनामिना गरेकोमा आफुले विरोध गरेका कारण आफु संग अन्याय भएको प्रतिक्रिया दिए । म्याराथनमो उपाधि वीरगन्ज १० घडीअर्वाका १९ वर्षीय अनिल कुमार साहले जितेको आयोजकले जनाएको छ । यस्तै म्याराथनमा महिला तर्फको उपाधि भने वीरगन्जकी संगीता यादवले जितेकी छन् । वीरगन्जको घण्टाघर चोकबाट सुरु भएको दौड प्रतियोगिता माइस्थान, आदर्शनर, अलखीयामठ, घडीअर्वा, मुर्ली, पावरहाउस चोक हुँदै गण्डक चोकमा रहेको शहिद तेज बहादुर अमात्यको शालिकस्थलबाट फर्किएर पुन घण्टाघर चोकमै पुगेर सकिएको थियो । म्याराथन प्रतियोगिताको उद्घाटन सामाजिक अभियन्ता प्रकाश थारुले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...