Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

लोक सेवा तयारीको लागि लोक सेवा दर्पण डट कम संचालन

spot_img
spot_img

वीरगंज । लोक सेवा तयारी गर्ने विद्यार्थीहरुको लागि वीरगंजबाट लोक सेवा दर्पण डट कम (www.loksewadarpan.com) वेभसाइट संचालनमा आएको छ ।

लोक सेवा प्रतिको आकर्षणलाई ध्यानमा राखी र डिजिटल प्रविधिको विकासलाई मध्यनजर गरी वेभसाइट संचालनमा ल्याइएको संचालक अशोक साहले वताए । लोक सेवा तयारीको लागि आवश्यक पर्ने सम्पूर्ण जानकारी तथा सामम्री अधावधिक गरी वेभसाइटमा राखिएको साहले जानकारी गराए ।

समान्य ज्ञान, समसमायिक, अनलाइन परिक्षा, साथी संजाल, प्रशन उत्तर छलफल आदि वेभसाइटको मुख्य बिशेषता रहेको छ । लोक सेवा तयारी गर्ने विद्यार्थीहरुलाई किताब र अनलाईनमा पनि विश्वासिलो र सही जानकारी तथा तथ्यांक नभेटिने समस्यालाई वेभसाइटले परिपुर्ति गर्ने इनसपायर एडुकेशन मार्फत संचालनमा आएको संचालक साहले जानकारी गराए ।

लोक सेवा सम्बन्धी धेरै भन्दा धेरै विवरण एकिकृत गरी राखिएको यो वेभसाइट प्रदेश नं. २ को पहिलो वेभसाइट भएको संचालक साहले दावी समेत गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

क्यासिनोबाट पक्राउ गाउँपालिका अध्यक्ष यादव र इन्सपेक्टर पौडेलसहित आठै जनालाई थप ४ दिन हिरासत

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...