Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

लोक सेवा तयारीको लागि लोक सेवा दर्पण डट कम संचालन

spot_img
spot_img

वीरगंज । लोक सेवा तयारी गर्ने विद्यार्थीहरुको लागि वीरगंजबाट लोक सेवा दर्पण डट कम (www.loksewadarpan.com) वेभसाइट संचालनमा आएको छ ।

लोक सेवा प्रतिको आकर्षणलाई ध्यानमा राखी र डिजिटल प्रविधिको विकासलाई मध्यनजर गरी वेभसाइट संचालनमा ल्याइएको संचालक अशोक साहले वताए । लोक सेवा तयारीको लागि आवश्यक पर्ने सम्पूर्ण जानकारी तथा सामम्री अधावधिक गरी वेभसाइटमा राखिएको साहले जानकारी गराए ।

समान्य ज्ञान, समसमायिक, अनलाइन परिक्षा, साथी संजाल, प्रशन उत्तर छलफल आदि वेभसाइटको मुख्य बिशेषता रहेको छ । लोक सेवा तयारी गर्ने विद्यार्थीहरुलाई किताब र अनलाईनमा पनि विश्वासिलो र सही जानकारी तथा तथ्यांक नभेटिने समस्यालाई वेभसाइटले परिपुर्ति गर्ने इनसपायर एडुकेशन मार्फत संचालनमा आएको संचालक साहले जानकारी गराए ।

लोक सेवा सम्बन्धी धेरै भन्दा धेरै विवरण एकिकृत गरी राखिएको यो वेभसाइट प्रदेश नं. २ को पहिलो वेभसाइट भएको संचालक साहले दावी समेत गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...