Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

वीरगंजको मेन रोड तोडने पक्षमा युवाहरुद्वारा प्रदर्शन

spot_img
spot_img

वीरगंज । वीरगंजको मेन रोड तोडने पक्षमा शनिबार वीरगंजमा प्रदर्शन भएको छ । वीरगंजको घण्टाघरमा जम्मा भएका युवाहरुले मेन रोड नतोडन पक्षमा लागेकाहरुको विरुद्ध प्रदर्शन गरेका हुन ।

वीरगंजको घण्टाघरबाट सुरु भएको युवाहरुको विरोध प्रदर्शन माइस्थान, महाबिरस्थान, आदर्शनगर, घडिहर्वा हुदै पुनः घण्टाघर पुगि सम्पन्न भएको थियो । युवाहरुले दलालहरु होसियार, वीरगंजको मेन रोड २५/२५ फराकिलो पार, विकास विरोधी मुर्दावाद, युवाशक्ति जिन्दावाद, नेपाल सरकारको निर्णय कायम गर, गण्डक सम्म २५ मिटर वीरगंजमा १५ मिटर किन लगायतका चर्को नाराबाजी समेत गरेका थिए ।

वीरगंजको मेन रोड फराकिलो नभए सम्म विकास नहुने संदिप बिक्रम साहले वताए । वीरगंजको मेन रोड फराकिलो नपार्न डेलिगेशन गएका नेताहरु विरुद्ध आक्रोश पोख्दै साहले सच्निु पर्ने वताए । आउदो पिढीको लागि पनि सडक फराकिलो पार्नु पर्ने वताउदै साहले दालाली गर्नेहरु विरुद्ध युवाहरु अगाडी सरिसकेको वताए ।

प्रदर्शन रामबाबु मण्डल, अकलेश साह, महमुद अन्सारी, सन्दिप बिक्रम साह, रंजित चौरसिया, राकेश पटेल, दाउद अंसारी, शेख सलाम, उमेश कुशवाहा, सागिर अंसारी, जउआद अंसारी, दिपक पटेल लगायतको सहभागिता रहेको थियो ।

आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा वीरगंजको मेन रोड फराकिलो पार्न दबाव सवरुप ज्ञापन पत्र बुझाइने अकलेश साहले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...