Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

आन्दोलन दबाउने कलेज प्रशासनको प्रयास असफल, विद्यार्थीहरुको आन्दोलन जारी

spot_img
spot_img

वीरगंज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजका आन्दोलित विद्यार्थीहरु शनिबार पनि प्रदर्शन गरेका छन् । कलेजमा एमबीबीएस अध्ययनरत प्रथम बर्षका आन्दोलित विद्यार्थीहरु कलेज अगाडी दिउसो २ बजे देखी ६ बजे सम्म प्रदर्शन गरेका हुन् ।

राज्यले ताकेको शिक्षण शुल्क लागु गर, बिद्यार्थी माथी दमन बन्द गर, अतिरिक्त शुल्क फिर्ता गर, परिक्षण तालिका परिवर्तन गर, कलेज प्रशासन र विद्यार्थी अभिभावक बिचको सम्बन्ध सुमधुर गर विद्यार्थीहरुको माग रहेको छ ।

प्रविधि मैत्री पाठ्यक्रम लागु गर, राज्यले तोकेको भर्ना शुल्क कायम गर, हाम्रो सेतो कोटमा कालो दाग लगाउन पाइदैन्, विद्यार्थी कुट्न पाइदैन्, विद्यार्थीलाई मानसिक तनाव दिन पाइदैन लगायतका प्ले कार्ड सहित आन्दोलित विद्यार्थीहरु शान्ति पूर्ण प्रदर्शन गरेका हुन् ।

यस अघि विद्यार्थीहरु माथी कलेजका प्रबन्ध निर्देशक बशरुदिन अन्सारीले गुन्डा प्रयोग गरी कुटपिट समेत गराएका थिए ।

विद्यार्थीहरुको आन्दोलनलाई दबाउन प्रबन्ध निर्देशकले विद्यार्थीहरु आफ्नै कलेजका विद्यार्थीहरुलाई कुटपिट गराउनुको साथै धाक धम्की दिलाए पनि आन्दोलन रुकन सकेको छैन् । सरकारले निर्धाण गरेको शुल्क भन्दा कलेज प्रशासनले अशुल गरेको बढी रकम फिर्ताको मांग राख्दै आन्दोलित छन् भने माग पुरा नभए सम्म आन्दोलन जारी रह्ने विद्यार्थीहरुलृे जनाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...