Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026

अग्नि नियन्त्रक चौरसियाको हत्या, अनुसन्धानका लागि २ जना प्रहरीको नियन्त्रणमा

spot_img
spot_img

वीरगंज । वीरगंंज महानगरपालिका कार्यालयको बारुण यन्त्र शाखामा कार्यरत अग्नि नियन्त्रक वीरगञ्ज महानगरपालिका १६ नगवा निवासी ४० वर्षीय बुनिलाल प्रसाद चौरसियाको हत्या भएको छ ।
शुक्रबार बिहान ११ बजे बाईपासस्थित माईदिया पोखरीको डिलमा चौरसियाको शवलाई निलो रंगको तन्नामा बाँधेर फालिएको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर, प्रहरी नायब उपरीक्षक गौतम थापासहितको टोली घटनास्थल पुगेका थिए । उनीहरुले बाँधेको तन्ना फुकाल्दा अग्नि नियन्त्रक चौरसियाको शव फेला परेको जानकारी दिएका थिए ।

मृतक चौरसियाको नाक, कान, टाउँको र पेटमा घाउँ देखिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको पर्साका प्रहरी प्रवक्ता समेत रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

उनले भने– ‘चौरसियाको हत्या गरेर उनको शव कपडामा बेरी माथिबाट प्लास्टिकले छोपेर पुन माथिबाट निलो कलरको तन्नाले बाँधेर फालिएको अवस्थामा शव भेटिएको हो । प्रहरीले घटना स्थलको मुचुल्का उठाई उनको शव पोष्ट मार्टमको लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाइएको छ ।’

प्रहरीले घटनापछि वीरगंज ६ माईस्थानका दिपु अग्रवाल र उनको श्रीमतीलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

अग्रवालकी श्रीमतीले चौरसियासँग व्याजमा लिएको ऋणको रकम फिर्ता गर्न चौरसियालाई घरमा बोलाएका थिए ।

करिब ५ बजे अग्रवालको घर पुगेका चौरसियालाई अग्रवालकी श्रीमतीले ऋण बापत लिएको रकममध्ये ३ लाख भारतीय (नेपाली करिब पाँच लाख) रुपैयाँ दिएर पठाएको चौरसियाका सालो पर्ने देव चौरसियाले बताए । ‘रकम लिएको केही समयपछि चौरसिया सम्पर्कमा नआएको र बेलुकासम्म फोन नलागेपछि रातिदेखि नै उनको खोजी कार्यमा जुटेका थियौं ।’

घटना सम्वेदनशिल भएकोले थप अनुसन्धान गर्नको लागि पर्सा प्रहरीले प्रदेश २ को राजधानी जनकपुरबाट तालिम प्राप्त कुकुर (डग स्नाईफिङ्ग)लाई समेत झिकाएको उनले बताए । प्रहरी नायब उपरीक्षक थापाले भने– ‘हामीले तालिम प्राप्त कुकुरलाई बोलाएका छौँ, कुकुर आएपछि अनुसन्धानमा थप सहयोग पुग्ने छ ।’

चौरसिया बिहीबार बिहान ११ बजे कार्यालयमा आएको बारुण यन्त्र शाखाका हवल्दार शेर बहादुर कार्कीले जानकारी दिए । ‘उनको डिउटी ४ बजेदेखि थियो । ११ बजे कार्यालय आएका उनले एक छिक बाहिर गएर आउँछु भनेर निस्केका थिए । त्यसपछि उनी सम्पर्कमा आएका थिएनन्’ उनले भने– ‘हामीले चौरसियाको कार्यालय समय शुरु हुन लागेपछि कार्यालय आउन पटक–पटक एनसेल र एनटिसीको नम्बरमा सम्पर्क गर्न खोजेका थियौं । तर, उनको नम्बरमा सम्पर्क हुन सकेको थिएन ।’

बिहीबार बेलुकासम्म चौरसिया परिवारको सम्पर्कमा नआएपछि उनका दाई दर्शन चौरसियाले शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालयमा उनको खोजतलास गर्नको लागि उजुरी समेत दिएका थिए । फोन सम्पर्क हुन नसकेको चौरसिया रातिसम्म घर नफर्केपछि उनको घर परिवार बिहानदेखि नै खोजी कार्यमा जुटेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...

जबरजस्ती करणीको आरोपमा वीरगंजका निखिल सिंह पक्राउ

वीरगंज । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वीरगंजका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१३ राधेमाई निवासी अन्दाजी २८...