Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

महानगर पुरानै ढाँचामा : सांसद यादव

spot_img
spot_img

वीरगंज । छात्रवृति लगायतको सेवा सुविधा स्थानीय सरकार मै सिमिति हुदाँ सर्वसधारण यसको उपभोग गर्न नसकेको पर्सा क्षेत्र नम्बर एकका सांसद प्रदिप यादवले बताउनु भएको छ ।

वीरगंज महानगरपालिकाको वडा नं. १५ लक्षुमनवामा आयोजित जनता दर्शन कार्यक्रममा सर्वसधारणको गुनासोलाई सम्बोधन गर्दै सांसद यादवले केही स्थानीय तहका जनप्रतिनिधिहरुको लापरवाहीले गर्दा नेपाल सरकारले प्रदान गर्ने छात्रवृति लगायतको अवसर तथा सेवा आम सर्वसधारणको पहुचमा पुग्न नसकेको बताउनु भएको हो ।

विग्त एक महिनादेखी जिल्लाको कुना कप्चामा रहेका आफ्नो क्षेत्रको सुख, दुःख बुझदै स्थानीयस्तरको समस्या समाधानमा लागेका सांसद यादवले अरु वडा जस्तै लक्षुमणवामा समेत सडक, खानेपानी, विजुलि बति लगायतको समस्या देखिनु महानगरको दुरदर्शिता रहेको बताउनु भएको छ । वहाँले महानगरको पुरानो वडामा समेत यतिका समस्या अझैसम्म कायम हुनु सरकार र यहाँको कर्मचारीको समेत कमजोरी रहेको वहाँको भनाई थियो ।

आफ्नो निर्वाचन क्षेत्रका जनताका सेवा सुविधाका लागी आफुले यसै वडामा अत्याधुनिक सडक बती, धर्मशाला तथा विवाह भवण, र चापाकल वितरण गराएको वहाँले बताउनु भएको हो । वीरगंजलाई देशसंग जोड्ने सेन्टर मै हाई मास्ट लाईट जडान गर्न लगाए । जसले गर्दा स्थानीयसंगसंगै देशभरका जनताले उपभोग गर्न सकेका छन् । वहाँले आफुले गरेको काम मात्रै जनप्रतिनिधिले सिको गरे जनताको समस्या समाधान हुने बताए ।

कार्यक्रममा स्थानीयको समस्या बुझदै वहाँले यसैवडामा सडक तथा नाला र प्रतिमा चोकमा सार्वजनिक सौचालय निर्माण गराउने प्रतिबद्धता जनाउनु भएको छ ।

समाजवादि पार्टी नेपालका नगर सभापति ईश्वर यादवको सभापतित्वमा समपन्न भएको कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय सदस्य पुरुषोतम झा, संसदिय प्रतिनिधि घनश्याम गुप्ता, बरिष्ठ सञ्चारउद्यमी ध्रुव साह, स्थानीय अगुवा समाजसेवी धुपलाल यादव, अमेरश पंडित, अंगज यादव, संजय कापर, रामेश्वर यादव, ठाकुरराम बहुमुखि क्याम्पसका ईकाई अध्यक्ष हरिन्द्र साह, युवा नेता निखिल वर्णवाल लगायतको उपस्थित रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...