Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

चौरसीयाको गोली हानी हत्या, हत्यारा उपर कार्वाहीको माग गर्दै प्रदर्शन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिका कार्यालयको वारुण यन्त्र शाखामा कार्यरत अग्नि नियन्त्रक बुनीलाल चौरसीयालाई गोलीहानी हत्या भएको पुष्टि भए पछि हत्याराको कार्वाहीको मांग गर्दै प्रदर्शन भएको छ । मृतकका आफन्त सहित स्थानियहरुले शनिबार दिउसो वीरगंजको घण्टाघरमा शव राखि प्रदर्शन गरेका हुन ।

बिहीबार साँझ घरबाट निस्किएका उनको शव शुक्रबार विहान वीरगंज १६ नागवा स्थित माइधीया पोखरीको डिलमा फालिएको अवस्थामा फेला परेको थियो । मृतक चौरसियाको शवको नारायणी अस्पतालमा भएको पोस्टमार्टबाट मृतक चौरसीयाको टाउकोमा २ गोली, छातीमा २ गोली र नाईटोमा १ गोली गरी ५ गोली लागेको खुलेको छ ।

मृतकको पोष्टमार्टम रिपोर्टबाट गोली हानी हत्या भएको आफन्त र स्थानियहरुले थाह पाए पछि हत्या उपर कडा भन्दा कडा कार्वाहीको मांग गर्दै प्रदर्शन गरेका हुन् ।

चौरसीयाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक दम्पतिलाई शुक्रबार राति नै नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगन्ज ६ माइस्थानका दिपक किशोर अग्रवाल र उनकी श्रीमति निधी अग्रवाललाई पक्राउ गरेको हो ।

प्रहरी हिरासतमा रहेका अग्रवाल दम्पतिको घरमा शुक्रबार राति नै प्रहरीले खानतलासी गरेको छ । अग्नि नियन्त्रक चौरसियाको हत्याले वीरगंजको शान्ति सुरक्षामा प्रहरीको लागि चुनौतिको बिषय बनेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...