Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

पकहाँ मैनपुरको गाउँ सभा मध्य रातमा, १५ जनाले गरे हस्ताक्षर १४ जना अझै बिरोधमा

spot_img
spot_img

वीरगंज । पर्साको पकहा मैनपुर गाउँपालिकाको गाउँ सभा शुक्रबार मध्य रातमा सम्पन्न भएको दाबी गरिएको छ । शुक्रबार विहान १० बजे देखि नै गाउँ कार्यपालिका कार्यालयमा बसेको गाउँ सभामा राती १२ बजे भित्र मै आर्थिक बर्ष २०७६/०७७ को बजेट, नीति तथा कार्यक्रम तय भएको गाउँपालिका अध्यक्ष बिजय चौरसिया दाबी गरे ।

अध्यक्ष चौरसियाका अनुसार आर्थिक वर्ष २०७६/०७७ को लागि अनुमानित वजेट रु ३३ करोड ९ लाख ५८ हजार ८ सय ५० बराबरको नीति तथा कार्यक्रम पारित भएको छ । यसका साथै शिक्षा, स्वास्थ्य, कृषि लगायतको १५ विधेयक पारित सहित तेश्रो गाउँसभा राती अबेर सम्म सम्पन्न भएको अध्यक्ष चौरसियाले जानकारी गराए । कालिका टाईम्स संग कुरा गर्दै अध्यक्ष चौरसियाले गाउँ सभामा १५ जना गाउँ सभा सदस्यले हस्ताक्षर गरि सकेको र बाकी असन्तुष्ट सदस्यहरू संग पनि हस्ताक्षर गराउन प्रयास भईरहेको वताए ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित २९ जना जम्मा गाउँ सभा सदस्यहरु रहेका छन् । जस मध्ये उपाध्यक्ष सहितको १५ जना गाउँ सभा सदस्यले शुक्रबार दिउँसो प्रेस विज्ञप्ती जारी गर्दै आफुहरु आज हुने भनिएको गाउँ सभा बहिष्कार गरेको जनाएको थियो । उपाध्यक्ष कुसमी देबि सहितको १५ जना वीरगंज पुगी त्यही आफ्नो छुट्टै बैठक बसि गाउँ सभा बहिष्कार गरेका थिए ।

उपाध्यक्ष सहितको १५ जना राती ९ बजे वीरगंजबाट गाउँ फर्के पछी त्यस मद्ये कै वडा नं. १ धोरेका वडा सदस्य बिनोद सहनी र वडा नं. २ सुर्जाहाकी वडा सदस्य सोना देबिलाई राती ११ बजे गाउँ सभामा सहभागी भए पछि अल्पमतमा रहेको गाउँ सभा बहुमतमा परिणत भई सभा सम्पन्न भएको समाचार स्रोतले जनाएको छ ।

शुक्रबार बसेको गाउँ सभामा राती ९ बजे सम्म गणपुरक संख्या नपुगे पछि सोमबार सम्मको लागि स्थगित भएको वताईए पनि राती ११ बजे पुगे पछि सभा सम्पन्न भएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...